२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको आरोपः अहिलेको एमाले नेतृत्व तिक्डम गरेर बनेको हो(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गर्नुभयो । अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरुदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ । हामीले आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन । स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भुमरिमा फस्ने कुरा रही नै राख्छ । म काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरुलाई के भन्छु भने अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो । त्यसको निम्ति सचेत मतदाताले नयाँ रेकर्ड बनाउनुहुनेछ । त्यसरी मात्रै इतिहासबाट शिक्षा लिएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्न सक्नेछौँ ।’

अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गर्नुभएको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदै सम्झौता हुन नसक्ने दाबी गर्नुभयो । उहाँले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाउन भयो । उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौं, निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले यहाँ वाचा गर्नुभएका कुरा पूरा गर्नेमा मलाई विश्वास छ । ओनसरी घर्तीलाई यहाँबाट निर्वाचित गराउनुस् । उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईहरुको अगाडि पठाउनेछौँ । मैले अहिले विभिन्न ठाउँमा निर्वाचन लड्दै गर्दा निर्वाचनको चिन्हलाई लिएर आग्रह पूर्वाग्रह हुने गरेको सुनेको छु, हँसिया हतौडाले रुखमा कसरी भोट हाल्ने ? रुखले कसरी हँसिया हतौडामा भोट हाल्ने भनेको सुनेको छु । हामीले धेरै पहिलादेखि हँसिया हतौडा र रुखलाई एक बनाइसकेका हौँ । २०४६ सालको आन्दोलन संयुक्त गरेर कम्युनिष्ट पार्टी र काँग्रेसको झण्डालाई साथसाथै लिएर आन्दोलनको आँधीहुरी चलायौँ । त्यतिबेला रुख र हँसिया हतौडा एक भएकै हो ।

जतिबेला शान्ति सम्झौता ग¥यौं, त्यसमा ७ राजनीतिक दलको तर्फबाट नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईराला र बिद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रुख चिन्हमा छाप लगाए बराबर हो र गिरिजाबाबुले हँसिया हतौडामा छाप लगाए बराबर हो । त्यतिबेला सात दलको नेता माधवकुमार नेपाल हो । अहिले विभिन्न खालका तिक्डम गरेर आएका कोही नेताहरु एमालेका नेता थिएनन् । ति नेता भएको भए सायद १२ बुँदे समझदारी र संघीय लोकतन्त्रसम्म आउन दिँदैन थिए ।’

अध्यक्ष दाहालले आगामी निर्वाचनमा निर्वाचन चिन्हलाई लिएर आग्रह, पूर्वाग्रह हुने गरेको भन्दै कोही नअल्मिलइकन गठबन्धनका उम्मेदवारहरु जिताउन मतदान गर्न आह्वान गर्नुभयो ।