१३ श्रावण २०८३, बुधबार
,
Latest
मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकगायक राजु परियारलाई पितृशोक



अ+ अ-

काठमाडौँ। लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

लमजुङको बेंसीसहर नगरपालिका–२, चिसापानी घर भइ हाल चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । ३–४ वर्षयता फोक्सोको समस्याबाट पीडित परियारलाई पछिल्लो समय फोक्सोमा क्यान्सर भएको थियो ।

काठमाडौंमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार आएपछि दुई महिनाअघि चितवन ल्याइएको थियो । चितवनस्थित घरमा आइतबार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएको र उपचारका क्रममा भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।

लोकगायक राजु परियारले आफ्नो बुबाको निधन भएकोबारे फेसबुकमा तस्बिरसहित राखेका छन् । ‘बुबा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो ।’– उनले फेसबुकमा लेखेका छन् ।

मंगलसिंहका २ श्रीमती, ६ छोरा र २ छोरी छन् । राजु मंगलसिंहका जेठो छोरा हुन् ।




भर्खरै