२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडीः नासिरद्वारा किर्तिमान सुधारसहित स्वर्ण पदक प्राप्त



अ+ अ-

काठमाडौं । विभागीय टोली त्रिभूवन आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नो नाममा रहेको किर्तिमानमा सुधार गरेका छन् ।

विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतिष्पर्धामा नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनेट ४९.९५ सेकेण्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेण्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् ।

दोश्रो स्थानमा रहेका एनआरएनका आशिष सापकोटाले पनि नासिरले दक्षिण एशियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेश्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले कास्य पदक प्राप्त गरे ।

यस्तै महिला २ सय मिटर मिड्लेतर्फ आर्मीकै सेनाकी डुवाना लामाले पनि आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भइन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनेट ३२ सेकेण्डको समयलाई पछाडी पार्दै २ मिनट ३१.४६ सेकेण्डको नयाँ समयको किर्तिमान कायम गरेकी हुन् ।