२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको जवाफी फायर: कांग्रेस, माओवादी र समाजवादीका मन्त्री हटाउने तयारी



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई पदमुक्त गरेपछि जसपाले पनि मधेस प्रदेशमामा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूलाई हटाउने तयारी गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले तीन पार्टीका मन्त्रीहरु लाई पदमुक्त गर्ने तयारी गर्नुभएको छ ।

सत्ता गठबन्धन छाडेर एमालेसंग सहकार्य गरेपछि प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (ख) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात र वन तथा वातावरण मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।

पदमुक्त हुनेहरुमा सामान्य प्रशासनमन्त्रीमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव हुनुहुन्छ ।

हाल मधेस प्रदेश सरकारमा माओवादीका एक मन्त्री र एक राज्य मन्त्री, एकीकृत समाजवादीका एक मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरू छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र राय यादव छन् । माओवादीबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह र रुवि कर्ण छन् ।




भर्खरै