९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

‘किसानको पीडा सरकारले सुन्दैन’

‘किसानको पीडा सरकारले सुन्दैन’
अ अ+ अ-

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गर्नुभएको छ । अधियाँमा धानखेती गर्नुभएको उहाँले खेतको बाली बेमौसमी वर्षाले क्षति पु¥याएपछि भित्रयाउन सक्नुभएको छैन । पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उहाँले बताउनुभयो ।

“पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार/पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ,” उहाँले भन्नुभयो, “धान जति सबै झरेर जनावरलाई खुवाउने पराल मात्रै बाँकी छ ।”उहाँका अनुसार करिब एक बिघा गहिरो जमिनमा गरेको धान बाली पानी भरिएर कुहिएको छ । गतवर्ष कात्तिकको वर्षाले पनि उहाँको काटेको धान खेतीमा क्षति गरेको थियो ।

बर्सेनि वर्षाले बालीमा क्षति पु¥याएपछि खानलाई अन्नको अभाव हुने स्थिति आएको भीमदत्त नगरपालिका–१७ कै किसान गरिब खुना बताउनुहुन्छ ।“गतवर्ष काटेको धान वर्षाले बिगा¥यो, अहिले पनि यस्तै भएको छ, अधियाँ गरेर वर्षभरी खाने हामीलाई समस्या भएको छ,” उहाँले भन्नुभयो, “पाकेको धान पानीले झरेर पराल मात्रै बाँकी छ, अब यसबाट के साहूलाई दिने के हामीले खाने रु”बुर्सेनि धानखेतीमा क्षति भए पनि आफूहरुले अहिलेसम्म राहत र क्षतिपूर्ति नपाएको रजनी डगौँराको गुनासो छ । “क्षति भएको धानको विवरण टिपायौँ, क्षतिपूर्ति पाउने आश थियो, तर पाएनौँ,” उहाँले भन्नुभयो, “किसानको पीडा सरकारले कहिले सुन्ने ?”

जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भएको धानबाली भित्रर्याउन नपाउँदा किसान चिन्तित भएका छन् । केही दिनयताको अविरल वर्षा र त्यसअघि असोज पहिलो साताको बाढीले कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास, दोधाराचाँदनी, लालझाडी गाउँपालिका, भीमदत्त नगरपालिकामा धान बालीमा बढी क्षति भएको छ ।

“पाकेको धान दोदा नदीमा आएको बाढीले खेतमै ढलेको छ, धान कुहिएर पूरै सखाप भएको छ,” लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकले भन्नुभयो, “धान भित्रायाउन पाएका छैनौँ, कुहिएर खेतमै उम्रिएको छ ।”बाढी तथा बेमौसमी वर्षाले ठाउँ ठाउँको धानबालीमा क्षति पु¥याएको प्रारम्भिक जानकारी आए पनि क्षतिको एकीन विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो ।

“असोजको पहिलो साताको बाढी र अहिले केही दिनको अविरल वर्षाले धान खेतीमा क्षति गरेको छ,” उहाँले भन्नुभयो, “पालिकालाई क्षतिको एकीन विवरण सङ्कलन गरेर पठाउन पत्राचार गरेका छौँ ।” जिल्लामा ४८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।