२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले जसपाका मन्त्रीसँग राजीनामा माग्ने



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार मन्त्रीको राजीनामा माग्ने तयारी गर्नुभएको छ ।

आसन्न संसदीय निर्वाचनमा सिट बाँडफाँटबाट असन्तुष्ट जसपाले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको राजीनामा माग्ने तयारी गर्नुभएको हो ।

सत्ता गठबन्धनबाट बाहिरिएपछि मन्त्रीहरुले राजीनामा दिँदा सहज हुने भन्दै राजीनामा नदिए उनीहरुलाई प्रधानमन्त्री देउवाले जिम्मेबारी हटाउन लाग्नुभएको सरकारमा सहभागी कांग्रेसका एक मन्त्रीले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले उहाँहरको राजीनामा माग्ने हुनुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच जसपाका मन्त्री हटाउने विषयमा सहमति भइसकेको बताइएको छ ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव सरकारमा सहभागी हुनुहुन्छ ।

यद्यपि जसपाका मन्त्री श्रेष्ठले एमालेसँग गठबन्धन नगरेको बताउनुभएको छ । उहाँले एमालेसँग केही सिटमा मात्र चुनावी तालमेल गरेकाले जसपालाई सत्ता गठबन्धनबाट बाहिरिएको भन्न नमिल्ने जिकिर गर्नुभएको छ ।

विसं २०७४ को निर्वाचनको बेलामा पनि सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) विपक्षी दल एमालेसँग गठबन्धन गरेर चुनावमा गएपछि तत्कालीन प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुको जिम्मेबारी खोसेर विनाविभागीय बनाउनुभएको थियो ।

अहिले निर्वाचन आचारसंहिता लागु भइसकेकाले प्रधानमन्त्री देउवाले नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना नरहेको बताइएको छ ।