२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल, मल्ललाई सघाउने



अ+ अ-

काठमाडौँ । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति बनेको छ ।

एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने गरी तालमेल भएको हो । यस्तै, कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका दुई जना गरी पाँच जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।

प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रशाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरी, प्रदेशसभा ‘क’ मा कांग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन् ।