९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

यस्तो छ बलेवाको धान काट्ने र न्वागी परम्परा

यस्तो छ बलेवाको धान काट्ने र न्वागी परम्परा
अ अ+ अ-

बलेवा । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कार्तिक ४ गते बिहान ९ लाई शुभ दिन तोकिएको छ ।

पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिष शास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभ मुहुर्त तोक्नुभएको हो । अघिल्ला वर्षहरुमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषीहरु रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरु तोक्ने गरिन्थ्यो ।

दशैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ ।

बागलुङ

महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८ औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरुले पनि तिनै दिनहरुमा उक्त कार्य गर्ने गर्दछन् ।

यहाँका अमलाचौर, पैयूँपाटा, नारायणस्थानसहितका साविकका छ वटा गाउँ विकास समितिलाई १८ औँ शताब्दीमा बलेवा राज्य मानिन्थ्यो । बलेवा कोटले छवटै गाविसका किसानलाई धान काट्ने र नयाँ चामल खाने दिन तोक्ने चलन चलेको र त्यसैलाई निरन्तरता दिँदै आइएको छ । बलेवामा बाइसे चौबीसे राजाका पालामा विक्रम संवत् १८४२ मा बलेवा कालभैरव स्थापना गरिएको इतिहासका अध्येता डा आरुणी आचार्यको खोजमा भेटिन्छ । त्यस यतादेखिको यो परम्परा अहिलेसम्म पनि बलेवा क्षेत्रमा कायम रहेको छ ।

‘‘आफूले करिब छ दशकअघिदेखि यो धान्य छेदन र नवान्न प्रासानको मिति कोटले तोक्ने चलन रहेको बताउनुहुन्छ बागलुङ नगरपालिका वडा नं १२ का पूर्व वडाअध्यक्ष गुरुदत्त पाठक । उहाँ भन्नहुन्छ ‘‘अहिले पनि यहाँका छवटै गाविसका पाका पुराना एवं जानकारहरु जम्मा भएर ज्योतिषीय परामर्शमा मिति तोकिन्छ र यी मितिलाई यहाँका स्थानीयले एक महत्वपूर्ण सूचनाका रुपमा ग्रहण गर्ने गर्दछन् ।’’

तर पाठक भने बलेवाकोटको स्थापना विसं १७८० मा नै भएको आफूले पाएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘‘यस विषयको लिखत त हामीले भेटेका छैनौँ, मन्दिरमा पनि यसको लिखत भेटिँदैन । तर हामीले यस मन्दिर स्थापनाका बारेमा गरेको खोज र पाका पुरानाहरुसँगको परामर्शमा यो मन्दिरको स्थापना विसं १७८० मा भएको पाएका छौँ ।’’ विसं १७८० भदौको पहिलो मंगलबार यसै स्थानमा मन्दिर स्थापना गरी हरेलो गरिएको र त्यसैदिनदेखि मङ्गलबार नै भैरवस्थानमा पूजा गर्ने प्रचलन सुरु भएको अहिलेसम्मको खोजबाट भेटिएको उहाँको भनाई छ ।

बलेवा कोटभैरवमा पुली दिने र न्वागी खाने दिन तोक्ने काम त्योभन्दा पनि अघिबाटै हुने गरेको आफूले पाएको अमलाचौरका स्थानीय ज्योतिषी विष्णुप्रसाद पाठक बताउनुुहुन्छ । उहाँले आफ्ना जिज्यूबाजे राछुदेव पाठक यही कोट भैरवमा गएर शुभ मुहूर्त हेरेर न्वागी, पुलीका दिन खुट्याउने प्रचलनको सुरुआत गरेको उहाँको भनाई छ । त्यस समयको बलेवा राज्यका प्रमुखले आफूले लगाएका खेती भित्र्याउने तथा नयाँ अन्न खाने दिनको सुरुआत गर्ने दिनका लागि ज्योतिषी खोज्ने क्रममा मन्दिरको नजिलकै रहेका आफ्ना पूर्खाहरुले सो कार्यको थालनी गरेका पाठक बताउनुहुन्छ ।

उहाँका अनुसार राछुदेव पाठकका छोरा शिवै पाठक, उहाँका छोरा वैदु, उहाँका छोरा जग्गुबल्लभ र जग्गुबल्लभका छोरा घनश्याम तथा घनश्यामका छोरा दयारामसम्मका आफ्ना पुस्ताले कोटमा गएर अन्य पाठपूजाका साथै ती कार्यका मुहूर्त हेर्ने गरेको आफूलाई आफ्ना हजुबुवाले सुनाएको बताउनुहुन्छ । आफ्ना जेठाबुबा ज्योतिषी दयाराम पाठकसँगै आफू पनि सो कार्यमा संलग्न हुँदै आएको र आफ्ना पाँच पुस्ताअघिका पूर्खाहरु नै यस कार्यमा संलग्न भएका आफ्नो अनुसन्धानबाट प्राप्त भएको ज्योतिषी विष्णुप्रसाद पाठकको भनाई छ । विष्णुप्रसादका हजुरबुबा घनश्याम र जेठाबुबा दयारामले त्यतिबेलासम्म बलेवा क्षेत्रको कोटमा आएर सल्लाह दिने चलन रहेको र दयाराम पछि भने कोटमा अन्य क्षेत्रबाट पनि ज्योतिषीहरु बलेवा कोट भैरवमा गई यस परम्पराको निरन्तरता दिने गरेको भनाई छ ।

यहाँ कोटले तोकेको दिन पुली नलिने र न्वागी नखानेहरू निकै कम छन् । पुली लिएपछि मात्रै धान काट्ने र न्वागी खाएपछि मात्रै नयाँ चामलको प्रयोग गर्ने प्रचलनलाई यहाँका स्थानीय किसानले मान्यता दिँदै आएका छन् । स्थानीय ९४ वर्षीय ज्योतिषी रामकृष्ण पाठक कोटले तोकेका दिन सबैले मान्ने गरेका बताउनुहुन्छ । यी दिनहरुको पालना नगर्नेलाई समाजले पनि राम्रो मान्दैन र आफूले लगाएको नयाँ खेती भित्र्याउने शुभदिनको खोजीमा जो कोही पनि हुने गरेका र वैदिक विधि नपु¥याई धान काट्ने र नयाँ चामल खाँदा प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्ने विश्वास रही आएकाले ज्योतिषीहरु बसेर निकालेको यही शुभमुहूर्तमै धान काट्ने र न्वागी खाने परम्परा निरन्तर रहेको उहाँको अनुभव छ ।

पहिले पहिले पुली र न्वागी स्थानीय जातको धानमा मात्रै लागु हुने गरेको भएपनि पछिल्लो समय विकासे हाइब्रिड धान लगाएका किसानले समेत सोही संस्कृति पछ्याइरहेका ज्योतिषी लेखनाथ पौडेल बताउहुनुहन्छ । रासस