२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–१० मा गठबन्धन तोडेको माओवादीको घोषणा



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र)ले काठमाडौं–१० मा गठबन्धन तोडिएको घोषणा गरेको छ । प्रतिनिधिसभाकी उम्मेदवार अञ्जना विशंखेले स्वच्छ प्रतिष्पर्धा गर्ने सर्तमा गठबन्धन तोडिएको घोषणा गरेकी हुन् ।

सत्ता गठबन्धनको सिट भागबन्डामा यो क्षेत्र नेपाली कांग्रेसको पोल्टामा परेको थियो । त्यसअनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका छन् । यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये माओवादीले र एकीकृत समाजवादीले एक–एक वटा लिने सहमति भएको थियो ।

यता, प्रदेशसभामा पनि सत्ता गठबन्धनबाटै एकभन्दा बढी दलको उम्मेदवारी परेको छ । काठमाडौं १० (क) मा कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलिप महर्जन चुनावी मैदानमा छन् भने काठमाडौं १० (ख) मा एकीकृत समाजवादीकी रमा आले र माओवादी केन्द्रका गणेशबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।