काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पार्टीभित्र संदिग्ध र रंगीबिरंगी सर्प हुर्काउनु पर्ने कारण स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।
प्रभु साहले पार्टीबाट विद्रोह गरी आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि साहलाई अध्यक्ष ओलीले ‘संदिग्ध चरित्र र हरियो सर्प’ भनेपछि नेता रावलले एक ट्विट गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले संदिग्ध र हरिाये सर्पलाई माथि चढाउन जिम्मेबार को छ र आज अनेकौँ संगिध् र रंगीबिरंगी सर्प किन हुर्काइँदैछ भनी प्रश्न गर्नुभएको छ ।
प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिन नेता रावललाई पार्टी अध्यक्ष ओलीले वन्चित गर्नुभएको छ ।
प्रभु साहाको 'विद्रोह' बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।'हरियो सर्प' भनेको पनि आयो।'संदिग्ध र हरियो सर्प'लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं 'संदिग्ध र रंगिविरंगी सर्प' किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022