२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता क्याम्पस इटहरीका पूर्व क्याम्पस प्रमुख उप्रेतीको निधन



अ+ अ-

सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ ।

उप्रेतीको शनिबार बिहानको राति १ः३० बजे नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको हो ।

स्वर्गीय उप्रेतीको शनिबार बिहान ९ बजे बुढीगङ्गा जमुना मुक्तिघाट इटहरीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।