७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्रोतमै फोहर वर्गीकरण: भएन कार्यान्वयन

स्रोतमै फोहर वर्गीकरण: भएन कार्यान्वयन
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन ।
फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।

जुनसुकै बार पनि नागरिकले सबै किसिमको फोहर एकै भाँडोमा राखेर महानगरको गाडीसम्म लाने गरेको भेटिएको छ । उता फोहरको दीर्घ व्यवस्थापन गर्ने वञ्चरेडाँडामा पनि कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि स्थान तयमै पनि अलमल देखिएको छ ।

महानगरपालिकाले फोहर नछुट्याएर रु पाँच सय जरिवाना गर्ने भनी सूचना जारी गरेको थियो । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र विसं २०७७ मा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ ।

ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले घरमै जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।

विकसित मुलुकले सहरबाट निस्कने फोहरलाई व्यवस्थित रूपमा विसर्जन गरी आन्दानीको स्रोतका रुपमा उपयोग गरिरहेका छन् तर काठमाडौँको फोहर व्यवस्थापनको विकराल समस्याले मुलुकलाई नै गिज्याइरहेको छ । त्यसो हुनु दीर्घकालीन योजनाको अभाव हो ।

विज्ञका अनुसार फोहरलाई प्रारम्भमैै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा जुटको झोलाको प्रयोग बढाउने, शून्य फोहर जिरो वेस्ट० अवधारणा प्रवद्र्धन गर्ने र आधुनिक प्रविधि प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु जरुरी छ ।

कामपाको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ ।

हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर जान्छ । नजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा २०० गाडीले फोहर ओसार्छन् ।

जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १६ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो। बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी जमिन छुट्याइएको छ ।

सिसडोलमा दैनिक एक हजारदेखि एक हजार २०० मेट्रिकटनसम्म फोहर फाल्ने गरिएको छ । उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा सिसडोलमा पुग्छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिँदै आएको छ ।

जारी छ, स्थान पहिचानको काम

कामपाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम जारी रहेको जनाएको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरुपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानको काममा लागिएको कामपाले जनाएको छ ।

बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । त्यसका लागि उपत्यकामा तीन स्थानमा पहिचान गरिएको छ । बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त स्थानमा कुहिने फोहर व्यवस्थापनको कामको थालनी हुनेछ । त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयवासीसँग छलफल भइरहेको बताइएको छ । फोहर व्यवस्थापनको काम भएकाले स्थानीयवासीलाई त्यस विषयमा बुझाउन भने कठिन भएको कामपाको भनाइ छ । रासस