१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्य मन्त्रीलाई बुझायो ज्ञापन पत्र (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो । २०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ ।

लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मान मर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ । मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताउनु भयो । उहाँले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताउनु भयो ।

उहाँले सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षिय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गर्नुभयो ।

ज्ञापन पत्र बुझाउँदै उहाँले भन्नुभयो – ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७९÷०६÷०४ गतेको माननीय मन्त्रीस्तरीय निर्णय अनुसार स्थानीय तहमा रहने आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमुल्यन मात्र नभई योग्यताकै धज्जी उडाउँदै संवैधानिक निकाय लोकसेवा आयोगको प्रक्रियालाई समेत चुनौती हुनेगरी एकेडेमिक कोर्ष अध्ययन गरी माथिल्लो तहमा लोकसेवा आयोग मार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुको मानमर्दन हुने केहि निहित स्वार्थ बोकेका व्यक्तिहरुको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन । यसले योग्यता र लोकसेवा प्रक्रियाबाट सेवा प्रवेश गर्ने लगायत उपर अत्याचार हुने हाम्रो ठहर छ र उक्त निर्णयप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले यस विषयमा छलफल गर्ने र त्रुटी भएको ठाउँमा सच्याउने आश्वासन पनि दिनुभयो । उहाँले भन्नुभयो – ‘यहाँहरुले भने अनुसारको के रहेछ, हामी गम्भिर ढंगले बसेर छलफल गर्नेछौँ । त्यसलाई केलाउने छौँ । त्रुटी भएको रहेछ भने सच्याइनेछ । बुझाइमा तलमाथि भएको रहेछ भने बुझाबुझ गरौँला । ध्यानाकर्षण गराउनुभयो हामी छलफल गर्छौं ।’

हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरुको माग सम्बोधन नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।