१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

सुर्खेतमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु
(सांकेतिक तस्बिर)
अ अ+ अ-

सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते रामप्रसाद थारुको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहान चार बजे प्रदेश अस्पताल काला गाउँमा उपचारको क्रममा थारुको मृत्यु भएको हो ।

आइतबार साँझ थारुले चलाएको कर्णाली प्रदेश ०२–००१ प ०९९० नं को मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे–६–प–३८९० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता सुरज कार्कीले बताउनुभयो । उहाँका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ११ धुलयाबिट नजिक दुर्घटना भएको हो ।

थारु भेरीगङ्गाको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गर्नुभएको थियो । थारुले चलाएको मोटरसाइकलमा पछाडि बस्ने गीता चौधरी पनि घाइते हुनुभएको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहनु भएको प्रहरीले बताएको छ । यस्तै, भे–६–प– ३८९० नं को मोटरसाइकल चालक गणेश खड्का पनि घाइते हुनुभएको छ । उहाँको पनि हातखुट्टा र शरीरमा चोट लागेको छ । दुवै जनाको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीको भनाइ छ