१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

नेतृत्वले हाम्रो मागलाई बेवास्ता गरे कठोर निर्णय लिन्छौँ– जगदीशनरसिंह केसी

नेतृत्वले हाम्रो मागलाई बेवास्ता गरे कठोर निर्णय लिन्छौँ– जगदीशनरसिंह केसी
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेलाले बेलैमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको शक्ति समीकरणमा ध्यान नदिए कठोर निर्णय लिने चेतावनी दिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

ठमेलको एक होटलमा आज बसेको भेलाले यही असोज १२ गते मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम तय गरेको भेलाको संयोजन गर्नुभएको विद्रोही पक्षका नेता जगदीशनरसिंह केसीले जानकारी दिनुभयो ।

विद्रोही पक्षले चियापानसहित खबरदारी सभासमेत गर्ने भएको छ । खबरदारी सभालाई सशक्त बनाउन असोज १३ गते बिहान ८ बजे अनुपम फुडल्याण्डमा चियापान कार्यक्रम राखिएको संयोजक केसीले बताउनुभयो । उहाँका अनुसार चियापानमा विद्रोही पक्षका शीर्ष नेता तथा पार्टी पदाधिकारीको पनि सहभागिता रहनेछ ।

संयोजक केसीले संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने जानकारी दिनुभयो ।

ठमेलमा भएको भेलामा डा कोइराला र पार्टी पदाधिकारी सहभागी हुनुभएको थिएन । भेलामा केन्द्रीय सदस्यहरु अजयबाबु शिवाकोटी, प्रकाश स्नेही, प्रतिमा गौतम, मधु आचार्य, प्रदेश १ सभापतिका प्रत्याशी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका प्रत्याशी भुपेन्द्रजंग शाही, धादिङ सभापति रामनाथ अधिकारी, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठ लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।