१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

रामपुर बसपार्क: हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे

रामपुर बसपार्क: हिउँदमा धुलाम्मे र बर्सातमा हिलाम्मे
अ अ+ अ-

पाल्पा । रामपुर नगर बसपार्कमा प्रवेश गर्ने सबै यात्रुको एउटै प्रश्न मनमा उब्जन्छ कि, यहाँको बसपार्क कहिले सुधार होला रु चारैतिर खुला ठाउँ, वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने बसपार्कभित्र यात्रु तथा सवारी चालकलाई भरसक जान नपरोस् भन्ने हुन्छ ।

खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य ठाउँमा आवतजावतमा समस्या अर्कोतर्फ चारैदिशा खुला रहँदा यहाँको बसपार्क असुरक्षित बनेको छ । सहरीकरणतर्फ हुँदै गरेको रामपुरमा बसपार्कको अहिलेको कुरुप अवस्था देख्दा यहाँको सुन्दरतामा बाधक बनेको छ । चार जिल्ला (पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्वनवलपुर) को मुटु भनेर चिनिने रामपुर बसपार्क व्यवस्थित नहुँदा यात्रुलाई सकस भएको बताउनुहुन्छ, निस्दी गाउँपालिका–४ मित्यालस्थित खोप्लाकका ७४ वर्षीय रनबहादुर गाहा ।

“सवारी साधन थपिँदै गएको छ, बजार विस्तार भइरहेको छ तर रामपुरको बसपार्क राम्रो बन्न सकेन”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसतर्फ ध्यान दिएर काम गर्नुप¥यो, हामी यात्रुले सधैँ बसपार्कमा धुलो र हिलोको सामना कतिञ्जेलसम्म खेपिराख्ने ।” बसपार्क व्यवस्थित नभएपछि सवारी धनीले यहाँ गाडी खासै पार्किङ गरेर राख्दैनन् । चारैतिर खुला रहेको हुँदा बजारका छेउ, होटल तथा घरमा लगेर पार्किङ गर्न व्यवसायी बाध्य छन् । रातको समयमा सुरक्षितरुपमा पार्किङ गरेर राख्ने अवस्था नभएको हुँदा अन्यत्र लगेर गाडी पार्किङ गर्दै आइरहेको जिप चालक शेरबहादुर खाम्चाले बताउनुभयो ।

“गाडी पार्किङ गरेर राख्यो भने केही क्षति हुने होकि भन्ने चिन्ताले रातिमा ढुक्कले निद्रा लाग्दैन, चारैतिर बारबन्देज, गाडी निस्कने र भित्रने प्रवेशद्वार, निगरानीको लागि सिसी क्यामेराको व्यवस्था हुनुप¥यो नत्र गाडी यहाँ राख्ने परिस्थिति व्यवसायीलाई बन्दैन”, उहाँले भन्नुभयो । बसपार्कलाई व्यवस्थित गर्न समयमा नै पर्याप्त बजेट सम्बन्धित निकायबाट नपाउँदा व्यवस्थापनमा चुनौती देखिएको नगर बसपार्क समितिका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । नगरपालिकाले बसपार्क व्यवस्थापनमा कनिका छरेजस्तो सानो बजेट उपलब्ध गराउँदा देखिने गरी काम गर्न समितिलाई कठिनाइ परेको उहाँको भनाई छ ।

बस बिसौनी ठाउँ राम्रो नहँुदा वर्षायामका बेलामा हिलाम्य भएर गाडी डोजर लगाएर तान्नुपर्ने अवस्थासमेत व्यवसायीले खेप्नुपरेको पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी नारायण रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पार्किङका लागि सुरक्षित ठाउँ नबन्दासम्म व्यवसायीलाई ढुक्कले पार्किङ गर्नुहोस् भन्ने अवस्था छैन, नयाँ ठाउँबाट रामपुर आउने यात्रु बसपार्कको बिजोग अवस्था देखेर तर्सने गर्दछन्, हामीले व्यवस्थापनका लागि वडा तथा नगरपालिका कार्यालयमा जानकारी गराए पनि सुनुवाइ भएको छैन” ।

उहाँका अनुसार रामपुर बसपार्कबाट दैनिकजसो करिब दुई सय यात्रु अन्यत्र जाने गरेको पाइएको छ । बिहान ५ः३० देखि साँभm ६ बजेसम्म नम्बर अनुसार दैनिक सवारी साधन यहाँबाट लामो तथा छोटो दूरीका लागि छुट्ने गर्दछन् । बसपार्कमा बसको रु ६० र जिपको रु ४० पार्किङ शुल्क तोकिएको छ । लामो दूरीका ठूला गाडी काउण्टरबाटै छुट्ने गरे पनि साना गाडी मनपरि ढङ्गले बेझाड बजारका चोकबाट छुट्ने गर्दछन् । ठाउँ ठाउँबाट चालकले मनोमानी ढङ्गले यात्रु ओसार्ने हँुदा सबै गाडी बसपार्कमा ल्याउन कठिनाइ परेको नमस्ते रामपुर यातायात प्रालिका जिी काउण्टर कर्मचारी दामोदर भण्डारीले बताउनुभयो ।

रामपुरबाट दैनिक छुट्ने १८ जिपमध्ये १५ जीपले बेझाड बजारको विभिन्न ठाउँबाट यात्रु चढाउँदै छुट्ने गर्दछन् भने तीनवटा जिप र ११ बस नियमितरुपमा बसपार्क क्षेत्रबाटै छुटिरहेका छन् । रामपुरबाट अन्यत्र जाने र यहाँ भित्रने सबै सवारी साधन अबको केही दिनभित्रमा नै बसपार्कबाटै छुट्ने व्यवस्था मिलाइने तयारी भइरहेको बताउनुहुन्छ, नमस्ते रामपुर यातायात प्रालिका अध्यक्ष राजन पोखरेल ।

बेझाड बजारको मुख्य चोकमा अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राखिन्थ्यो । जनघनत्व बढ्दै जाँदा यहाँ बसपार्कको अवधारणा ल्याएर सिमलीघारी क्षेत्रमा बसपार्क राख्ने सर्वपक्षीय निर्णय भएपश्चात् २०६९ देखि यहाँबाट सवारी साधन पार्किङ गरी छुटाउन थालिएको हो ।

रामपुरमा बसपार्क सञ्चालन गर्नका लागि विसं २०६७ मा तत्कालीन नगर विकास समितिले रु एक लाख ५० हजार रकम उपलब्ध गराएपछि हालको रामपुर नगरपालिका–५ स्थित सिमलीघारी क्षेत्रमा काम थालनी गरी क्रमिकरुपमा बसपार्क निर्माणको काम थालनी गरियो । समितिले पहिलो चरणमा रु दुई लाख २० हजारको काम ग¥यो भने दोस्रो चरणमा तत्कालीन वडा नागरिक मञ्चको जिम्मेवारीमा रु ७५ हजार उपलब्ध भई काम गरियो ।

त्यसपश्चात् २०७४ को स्थानीय तहको निर्वाचन सकिएपछि नगरपालिकाबाट रु पाँच लाख रकम विनियोजन गरिएपनि उपभोक्ता समितिले काम नगरेपछि रकम फिर्ता भयो । विसं ०७६ मा नगरपालिकाबाट प्राप्त रु आठ लाख रकमले बसपार्कको जग्गा वर्गीकरण, झाँडी फँडानी, रुख बिरुवा कटान तथा गिट्टी बिच्छाउनेजस्ता काम गरियो । आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाबाट प्राप्त रु पाँच लाख रकमले करिब एक सय ५० मानिस अट्ने क्षमताको ट्रष्ट भवन, एकवटा पक्की शौचालय निर्माणको काम गरिएको छ ।

बसपार्क व्यवस्थापनका लागि रामपुर नगरपालिकामा क्रमागतरुपमा रु पाँच करोड वजेट प्राप्त भएकाले अबको पाँच वर्षभित्रमा व्यवस्थित संरचनासहितको बसपार्क तयार हुने रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल बताउनुहुन्छ । रामपुरबाट दैनिकरुपमा सदरमुकाम तानसेन, बुटवल, कावासोती, नारायणघाट, पोखरा, मुग्लिङ, काठमाडौँलगायतका स्थानमा सवारी साधन छुट्ने गर्दछन् । पश्चिम नेपाल यातायात प्राली, नमस्ते रामपुर यातायात प्रालि, श्रृङ्गा तथा स्थानीय यातायात कम्पनी, गण्डकी यातायात गल्याङ, लेकबेँसी यातायात प्रालि र श्रीनगर यातायात कम्पनीका सवारीसाधन यहाँ ओहोरदोहोर गर्दछन् ।