१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

पर्वतमा मौसमी रोगका बिरामी बढे

पर्वतमा मौसमी रोगका बिरामी बढे
अ अ+ अ-

पर्वत । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा स्क्रबटाइफसको सङ्क्रमणका कारण पर्वत अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ ।

सामान्य अवस्थामा दैनिक ६० देखि ८० जना बिरामी आउने गरेको पर्वत अस्पतालमा अहिले दैनिक दुई सयभन्दा बढीको सङ्ख्यामा बिरामी परीक्षणका लागि आउने गरेका छन् । अस्पतालको ‘ओपिडी’ विभागमा आएर स्वास्थ्य परीक्षण गराउने तथा भर्ना भएर उपचार गर्नेको सङ्ख्या उच्च रहेको अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार मौसम परिवर्तनको बेलामा धेरैलाई प्रभावित बनाउने ‘भाइरल फिवर’ र लामखुट्टेको टोकाइबाट हुने ‘डेङ्गु’ को लक्षण एकै प्रकारको रहेका कारण पनि ‘डेङ्गु’ को आशङ्कामा स्वास्थ्य परीक्षण गर्न आउने बिरामीको चाप बढेको हो । सूचना अधिकारी उपाध्यायका अनुसार हालसम्म पर्वत अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएकामध्ये हालसम्म २५ जनामा ‘डेङ्गु’ को सङ्क्रमण भएको पुष्टि भएको छ ।

गत साउनको पहिलो हप्तामा कुश्मा नगरपालिकाका दुई युवामा ‘डेङ्गु’ को सङ्क्रमण रहेको पुष्टि भएको थियो । तीन महिनाको अवधिमा पर्वत अस्पतालमा मात्रै उक्त सङ्ख्या ‘डेङ्गु’ का बिरामी बढेको र यस्तै अवस्था जिल्लाका अन्य ठाउँमा पनि रहेको हुन् सक्ने उपाध्यायको भनाइ छ ।

“साउनको पहिलो हप्तामा दुई जनामा देखिँदा नागरिकमा जति डर थियो अहिले २५ जना पुग्दा पनि डराएको पाइँदैन । लामखुट्टेबाट जोगिनका लागि जेजे गर्नुपर्ने भनिएको छ, त्यो गरिएको पाइएको छैन”, उहाँले भन्नुभयो ।

‘डेङ्गु’ सङ्क्रमण भएका बिरामीमध्येका धेरैजसो हिँडडुल नगरी एकै ठाउँमा बसिरहने कर्मचारी तथा व्यवसायी रहेका छन् । दिउँसोको समयमा टोक्ने लामखुट्टेबाट बच्नका लागि सावधानी अपनाउनुपर्ने भनिएका मापदण्ड पालना नगर्दा कार्यालयमा बसेर सेवा दिनेहरू बढी प्रभावित भएका छन् ।

यही बेलामा मौसम परिवर्तनको बेला भएकाले ‘भाइरल फिवर’ का बिरामीको सङ्ख््या पनि तीव्र बढिरहेको छ । पर्वत अस्पतालको तथ्याङ्कअनुसार अहिले दैनिक करिब दुई सय जनाको ओपिडीमा स्वास्थ्य परीक्षण हुने गरेको छ ।

‘डेङ्गु’ र ‘भाइरल फिवर’ को लक्षण एकै प्रकारको हुने भएका कारण परीक्षणका लागि आएका धेरैले डेङ्गुको शङ्का गरे पनि उनीहरू ‘भाइरल फिवर’ का बिरामी रहेको उपाध्यायले बताउनुभयो ।

पर्वत अस्पतालका अनुसार स्वास्थ्य परीक्षणका लागि आएका एकजना बिरामीमा ‘स्क्रब टाइफस’ को पनि पुष्टि भएको छ । ‘स्क्रब टाइफस’ ‘ओरिन्सिया सुसुगामासी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ । यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ‘चिगर माइट’ किर्नोले सार्ने गर्दछ । ‘स्क्रब टाइफस’ हुँदा उच्च ज्वरो आउने, असाध्य टाउको दुख्ने, आँखाको सेतो भाग रातो देखिने, कानमा कृत्रिम आवाज सुन्निने, सास फेर्दा असहज महसुस हुने, शरीरमा बिबिरा देखिने, पसिना आउनेलगायतका लक्षण देखा पर्ने चिकित्सकले बताएका छन् ।