२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक मुद्दा: कारण देखाउ आदेश जारी



अ+ अ-

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी राष्ट्रपति कार्यालय  विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश हरि फुँयालको इजलासमा रिटको सुनुवाइमा अदालतले राष्ट्रपतिलाई कारण देखाउ आदेश जारी गरेको छ ।

राष्ट्रपति समक्ष पेश भएको १५ दिन बित्दा समेत नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन दर्ता भएको थियो ।

अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो । सबै निवेदन एकसाथ पेशीमा राखिएको थियो ।

संघीय संसदबाट पारित गरी २०७९भदौ २० मा नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो ।