५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र

हवाई उड्डयन क्षेत्रमा सफलता पाएसँगै कृषिमा सफलता खोज्दै वीरेन्द्र
अ+ अ-

बेलबारी । नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुनुहुन्छ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उहाँ बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल हुनुहुन्छ । तर अब उहाँ वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा हुनुहुन्छ ।

सोह्र वटा निजी जहाजका मालिक बस्नेत हिजोआज कृषकसँगै खेतबारीमै भेटिनुहुन्छ । मोरङको बेलबारी–९ मा बस्नेतले २०६९ सालमा नै ‘नेपाल कृषि कम्पनी स्थापना गर्नुभएको थियो । पछि २०७७ सालमा नाम परिवर्तन गरेर हाल नेपाल कृषि केयरमार्फत उहाँको कृषि फर्म सञ्चालनमा छ ।

फर्म क्षेत्रसँगै आरजु राइस मिल सञ्चालनमा आउने तयारीमा छ । अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै रु ५० करोड लगानी भइसकेको र उक्त धान मिल मङ्सिर महिनादेखि सञ्चालनमा आउने मिलका व्यवस्थापक विवेकानन्द झाले बताउनुभयो । मिलले मोरङका विभिन्न ठाँउबाट कृषकले उत्पादन गरेको धानलाई कात्तिक महिनादेखि खरिद गर्न सुरु गर्ने झाले जानकारी दिनुभयो ।

उक्त मिलमा अहिले उपकरण जडानको कार्य अन्तिम चरणमा भइरहेको छ । मिलले कृषकसँग धान सिधै खरिद गर्नेछ । मिलले मोरङ र आसपास जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्राण्ड दिएर नेपाली बजारमा पठाउने लक्ष्य राखेको व्यवस्थापक झा बताउनुभयो । उहाँका अनुसार मिलको कुल क्षमता २० हजार टन वार्षिक रहेकाले हिउँदे धानमा करिब चार हजार बीघा तथा चैते धानमा एक हजार दुई सय बीघाका किसानलाई सहभागी गराउने लक्ष्य छ ।

हाल उक्त फर्ममा दर्जनभन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ । बङ्गलादेशबाट ल्याइएको विआरआरआई ७५, विआरआरआई ८५, रबी धान, बिना धान, पाकिस्तानबाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पञ्जाब बासमती, भारतबाट ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पिआर १२८, मराठी जीरा, पिआरआई १२६ र नेपाली धानमा पहाडे बासमती, हर्दिनाथ हाइब्रिड १, बहुगुणी १ आदि उन्नत जातका लगाइएको व्यवस्थापक झाले जानकारी दिनुभयो ।

आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढवाङहरू साढे तीन हजार मेट्रिक टनका छन् । त्यहाँ सबैभन्दा ठूलो लगानी प्रविधिमा गरिएको छ । स्थानीयस्तरमा यति ठूलो लगानीमा राइस मिल खुलेकाले कृषक र स्थानीयवासी हर्षित रहेको बेलबारी–९ का वडाध्यक्ष शालिकराम बस्नेतले बताउनुभयो । मिल खुलेसँगै कृषकले धानको उचित मूल्य पाउने भएपछि आफूलगायत सिङ्गो नगर हर्षित रहेको उहाँको भनाइ थियो ।रासस