२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना पक्षकालाई धेरै टिकट दिलाउन शेखर पक्षको भेला



file
अ+ अ-

काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना पक्षकालाई बढीभन्दा बढी टिकट दिलाउन नेपाली कांग्रेसको शेखर कोइराला पक्ष छलफलमा जुटेको छ ।

स्वयम्भूमा बसेको शेखर पक्षको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने उद्देश्यले भोलि शनिबार भेलाको तयारी गर्ने भएको छ ।

बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरुलगायत सहभागी भएको बताइएको छ ।

शेखर पक्षले आसन्न निर्वाचनमा आफ्नो पक्षकालाई सम्मानजनक हिस्सेदारी माग गर्न पार्टी सभापति देउवालाई दबाब बढाउने उद्देश्यले भेला गर्न लागेको बताएको छ ।