४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ

तरलता अभाव भइरहेको अवस्थामा वाणिज्य बैंकहरुले ब्याजदर बढाउनु स्वभाविक भएनः वरिष्ठ उपाध्यक्ष ढकाल

तरलता अभाव भइरहेको अवस्थामा वाणिज्य बैंकहरुले ब्याजदर बढाउनु स्वभाविक भएनः वरिष्ठ उपाध्यक्ष ढकाल
फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनुभएको छ ।

बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताउनु भयो । उहाँले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कोभिड १९ महामारीपछि बजारमा तरलता अभावको समस्या हुँदै आएको छ । बजारमा तरलता अभावको कारण मुलुकभित्र व्यवसायिक गतिविधिहरु बढाउन मात्रै समस्या बनाएको नभएर भएका उद्योगहरुको क्षमता बिस्तार गर्नको लागि समेत धेरै समस्या बनाएको छ । अहिले आएर नेपालमा रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार भएको छ । यसले अर्थतन्त्रमा दखिएको तरलता अभावलाई सहज बनाउन मद्दत पुग्छ । व्यवसायीक गतिविधि बढाउनुपर्ने अवस्थामा अहिले तरलता चाँपले खुम्च्याउने काम गरेको छ । बैंकहरुले ब्याजदर बढाउने स्वाभाविक होइन । अहिले जुन लेभलमा बैंकहरुले ब्याजदर बढाएका छन् । यसरी निक्षेपमा ब्याजदर बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने हुँदैन ।’

उहाँले पछिल्लो समय व्यवसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउनु भयो ।