२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज नाकामा एक हजार सात सय नयाँ सवारीसाधन अलपत्र



अ+ अ-

वीरगञ्ज । भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।

यसरी वीरगञ्ज नाकामा अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये पाँच सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी एक हजार एक सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् ।

यी सबै सवारीसाधनको मुख्य नेपाली बजारमा न्यूनतम रु २० लाखदेखि करोडसम्मका रहेका छन् । वीरगञ्जस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति एकीकृत जाँचचौकी (आइसिपी) का प्रमुख कमल ज्ञवालीका अनुसार गत फागुन महिनादेखि एकीकृत जाँच चौकी परिसरमा यी सवारीसाधन रोकिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएपछि नयाँ सवारीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका साना ठूला सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा रहेका छन् ।

पछिल्लो समय नयाँ सवारीसाधन बिक्रीमा निकै कमी आएको नेपालमा सवारी साधनको बिक्रीवितरण गर्दै आएको निकाय सिप्रदी ट्रेडिङ प्राली वीरगञ्जस्थित कार्यालय प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।

नयाँ सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सहजता नल्याएसम्म नेपाली बजारमा नयाँ सवारीसाधनको कारोबारमा नफस्टाउने निश्चित जस्तै छ ।