१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्वाचन आयोगलाई सरकारले हस्तक्षेप नगरोस्ः ओली

निर्वाचन आयोगलाई सरकारले हस्तक्षेप नगरोस्ः ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष ओलीले निर्वाचनको यो बेला सत्तापक्षबाट लतारिएर नचल्न पनि निर्वाचन आयोगलाई सजग गराउनु भयो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले निर्वाचनलाई प्रभावित हुने गरी निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि खालको काम नगर्न सरकारलाई समेत चेतावनी दिनु भयो । निर्वाचन आयोगमाथि हस्तक्षेपकारी भूमिका खेल्ने र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मुनासिव हुँदैन, पाउँदैन भन्दै अध्यक्ष ओलीले आफूले त्यतापटि सरकारलाई सचेत गराउन चाहेको पटकपटक दोहो¥याउनु भयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा सरकारले राज्य स्रोतको चरम दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको उल्लेख गर्दै त्यस्ता खालका लोकतान्त्रिक पद्धति, प्रणाली र जनअपेक्षा विपरितका काम गर्न नहुने पनि बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘मुलुक अव निर्वाचनमा जाँदैछ । निर्वाचनको सन्दर्भमा सभामुख महोदय, गएको स्थानीय तहको निर्वाचनमा सत्ता पक्षीय भूमिका, सत्ताको दूरुपयोग, अनेक प्रकारका सत्ताको दूरुपयोगजस्ता कुराहरु नराम्ररी प्रकट भए । प्रहरी प्रशासनको दूरुपयोग र अरु राज्य संयन्त्रको विभिन्न ढंगले दूरुपयोग गर्ने कामहरु भए ।

म सरकारलाई भन्न चाहन्छु– अहिले पनि सजग गराउन चाहन्छु । लोकतन्त्रभित्र त्यस्ता प्रक्रियाहरु, त्यस्ता तौरतरिकाहरु, लोकतान्त्रिक मूल्यमन्यता भित्र पर्दैनन् । र, त्यसलाई लोकतान्त्रिक भनेर स्विकार गर्न सकिदैन । त्यसकारण हामी मैले अगाडि देखि पनि भन्ने गरेको छु–लोकतान्त्रिक प्रणाली भनेको भिन्न मत, भिन्न विचारलाई सहने, स्विकार्ने, त्यसको अस्तित्व स्विकार्ने र त्योसँग प्रतिस्पर्धा गर्न तयार हुने र त्यसलाई पनि प्रतिस्पर्धा गर्न दिने, त्यो प्रणाली हो ।

प्रतिस्पर्धा हुनुपर्छ र लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुुनुपर्छ । अस्वच्छ, अस्वस्थ प्रतिस्पर्धा अथवा प्रतिस्पर्धाको नाममा अवाञ्छित गतिविधि, शान्ति खलबल्याउने कुरा, राज्य सत्तलालाई निष्पक्ष राखेर, तटस्थ राखेर कानुन बमोजिम संचालन हुन दिनुपर्ने, गराउनुपर्ने ठाउँमा त्यसको दूरुपयोग गर्ने कुरा लोकतान्त्रिक पद्धति, प्रणाली र जनअपेक्षा अनुसार हुँदैन, होइन । त्यसकारण यी कुराहरु हुनु हुँदैन । निर्वाचन शान्तिपूर्ण वातावरणमा, निर्भय वातावरणमा, निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गरिनु पर्छ । यो निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगलाई म आग्रह गर्न चाहन्छु–कि निर्वाचन आयोग सत्तापक्षबाट लतारिएर नचलोस् ।

आफ्नो स्वतन्त्र हैसियत, स्वतन्त्र भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाओस् । म आग्रह गर्न चाहन्छु । सरकारलाई म भन्न चाहन्छु–अव उप्रान्त निर्वाचन संचालन गर्ने काम निर्वाचन आयोगले गर्ने हो । र, सरकारको काम निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने काम हो । त्यसकारण हस्तक्षेपकारी भूमिका र निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मुनासिव हुँदैन, पाउँदेन । त्यतापटि म सजग गराउन चाहन्छु । मैले सजग गराउने काम हो । सरकारले त्यस प्रकारको भूमिका खेलोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

त्यस अवसरमा अध्यक्ष ओलीले निर्वाचनमा जाने कामलाई सत्तारुढ दलहरुले प्रतिगमन भन्ने गरेकोमा आपत्ति जनाउनु भयो । निर्वाचन कहिल्यै पनि प्रतिगमन नहुने उहाँको तर्क थियो । ओलीले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाललाई सफल रहेको टिप्पणी समेत गर्नु भयो । संविधानको कार्यान्वयनका लागि कानुन निर्माण गर्ने, संरचना निर्माण गर्नेलगायतका तमाम कामहरु गर्ने र शान्ति, सुव्यवस्थादेखि लिएर, सुशासनदेखि लिएर विकासका चौतर्फी प्रयासहरुलाई, सामाजिक न्याय र समानता क्षेत्रका प्रयासहरुलाई, त्यसै गरेर अन्य सम्बन्धमा प्रयासहरुलाई अगाडि बढाउने काम गरेकाले संसदको यो कार्यकाल सफल रहेको ओलीको भनाई थियो ।

उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सा जारी गर्ने आफू नेतृत्वको सरकारको कामप्रति संकेत गर्दै राष्ट्रियताको सन्दर्भमा यो संसदले गरेको काम इतिहासमा कहिल्यै नमेटिने खालको रहेको बताउनु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन । मंसीर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन । गठबन्धनलाई जवाफ दिनेछन । अहिले म धेरै केही भनिरहन्न । अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन । ती निकायहरु संसदको भूमिका नेकपा एमालको विरुद्ध संसद, संसदीय मर्यादा आदिको वास्तै नगरेर, नियम, कानुन र प्रचलनको वास्तै नगरर आफ्नै कामको पनि वास्ता नगरेर चल्ने कामहरु भए ।

यी सबै कामहरु वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खालका, यस प्रणालीलाई कमजोर पार्ने खालका, संविधानको मर्म, भावना र त्यसको वास्तविक कार्यान्वयन प्रतिकूल असर पर्ने खालका, राष्ट्रिय हित, जनहित भन्दा बढि, प्रणालीको हितभन्दा बढि आफ्ना निहित स्वार्थलाई केन्द्र भागमा राखेर चल्ने खालका कामहरु भए । यी कुराहरु पछिल्लो समयमा दुःखद् कुराहरु हुन । जसप्रति दुःख व्यक्त गर्नु पर्दछ । म धेरै कुरा भन्ने भन्दा पनि यो संसद समग्रतामा भन्ने हो भने यो संसद र यसको कार्यकाल सफल रहेको छ भन्नु पर्छ ।

किन सफल रहेको छ भने यसको संविधानको कार्यान्वयनका लागि कानुन निर्माण गर्ने, संरचना निर्माण गर्नेलगायतका तमाम कामहरु गर्ने र शान्ति, सुव्यवस्थादेखि लिएर, सुशासनदेखि लिएर विकासका चौतर्फी प्रयासहरुलाई, सामाजिक न्याय र समानता क्षेत्रका प्रयासहरुलाई, त्यसै गरेर अन्य सम्बन्धमा प्रयासहरुलाई अगाडि बढाउने काम ग¥यो । र, यी ठूला उपलब्धिहरु हासिल भएका छन । इतिहासमा नमेटिने खालका राष्ट्रियताको सम्बन्धमा म घटना विशेषमा अहिले गईरहन चाहन्न ।

राष्ट्रियताको सम्बन्धमा राष्ट्रिय सार्वभौमिकताको सम्बन्धमा, स्वाधिनता, स्वतन्त्रताको सम्बन्धमा, भौगोलिक अखण्डताको सम्बन्धमा यस संसदको कार्यकालमा र यस संसदबाट निर्वाचित निर्वाचित सरकारबाट महत्वपूर्ण कामहरु भएका छन । त्यस काममा म प्रधानमन्त्री हुँदा संसदबाट जुन रचनात्मक सहयोग पाएको थिँए । त्यसलाई पनि म स्मरण गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु । र, पछि तर्कहिन, स्वार्थ प्रेरित क्रियाकलापहरु तर्फ संसदलाई बलजफ्ती लतारेर जाने अभ्यास भयो । दुःखको कुरा हो । र, हाम्रो संसदले त्यस्ता खालको कुराहरुलाई रोक्न सक्नु पर्दथ्यो । सही अभ्यासतिर लान सक्नु पर्दथ्यो । सही लोकतान्त्रिक बाटोतिर लान सक्नु पर्दथ्यो । राष्ट्रियताको पक्षधरतातर्फ संसद उभिन सक्नु पथ्र्यो । यस्ता कुराहरुमा संसद गम्भिर कमजोरीहरु पनि देखाएको छ ।’

अध्यक्ष ओलीले नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले आफ्नो राजनीतिक फाईदाको विषय मात्रै बनाएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।