काठमाडौँ । सोवेर्स एक्सन, हङकङ, चीनको आर्थिक सहयोगमा महाकाली नगरपालिका, दार्चुला जिल्ला र सुदूरपश्चिम प्रदेशका बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको छ ।
उक्त संस्थाको आर्थिक सहयोगमार्फत स्वयंसेवक कोर नेपालले सामुदायिक प्रतिनिधिहरुको उपस्थितिमा ती सामग्री वितरण गरेको कोर नेपालका प्रतिनिधि राधा मताङ्गीले जानकारी दिनुभएको छ ।