६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरुले अघिल्लो निर्वाचनमा बुझाएको बन्दसूची असोज १ देखि खारेज हुँदै



अ+ अ-

काठमाडौँ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बन्दसूची भोलि असोज १ गतेदेखि स्वतः खारेज हुने भएको छ । निर्वाचन आयोगले हालसम्म कायम बन्दसूची असोज १ गते मध्यराति १२ बजेदेखि स्वतः खारेज हुने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभएको छ ।

यही असोज २ र ३ गते आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने निर्वाचन कार्यतालिका छ ।

अघिल्लो निर्वाचनको बन्दसूची कायम भएको अवस्थामा त्यतिबेला बन्दसूचीमा परेकाहरुलाई आगामी निर्वाचनको बन्दसूचीमा समावेश गर्न मिल्छ वा मिल्दैन भन्ने अन्योल आयोगले समाप्त गरिदिएको हो ।