६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानेनन् चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर गर्न



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो बयानमा हस्ताक्षर गर्न मानेका छैनन् । महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भएका बेला उनले हस्ताक्षर गर्न नमानेका हुन् ।

अहिले जबरालाई १७४ पृष्ठको बयान पढेर सुनाउने काम भइरहेको छ । सबै बयान पढ्न पाँच घण्टा लाग्ने अनुमान गरिएको छ । अहिले महाअभियोग सिफारिस समितिको बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले सुरुमा सबै बयान पढेर नसकिने भन्दै अन्तिम एक पृष्ठमा हस्ताक्षर गरिदिने बताएको समिति सदस्य मीन विश्वकर्माले बताउनुभयो । तर हस्ताक्षर गर्ने बेलामा जबराले हस्ताक्षर गर्न नमानेपछि सबै बयान पढेर सुनाउने काम भइरहेको बताइएको छ ।

विश्वकर्माका अनुसार जबराले आफूले बोलेका कुराहरु बयान भएको, झण्डै २०० पृष्ठको बयान घरमा लगेर पढ्न नसक्ने भन्दै अन्तिम एक पृष्ठमा हस्ताक्षर गरिदिने बताएका थिए । तर अन्तिम पृष्ठमा सही गर्ने बेला जबराले हस्ताक्षर गर्न मानेनन् ।

अहिले अद्योपान्त पढेर सुनाएपछि हस्ताक्षर गराउने तयारी भएको समिति सदस्य विश्वकर्माले बताउनुभयो ।