१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइँदै



अ+ अ-

काठमाडौँ । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । बिहान ९ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदैछ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।

समितिले वरिष्ठ अधिवक्ताहरुसँग बिहीबर बयान लिएको थियो ।

समितिले जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।

समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरुलाई आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।

तर, बयानका क्रममा​ अधिवक्ताहरूले भने आफूहरुमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।