१३ मंसिर २०८१, बिहीबार
,
Latest
हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ: अध्यक्ष ढकाल अव्यवस्थित शहरीकरण नेपालको चुनौति: उपप्रधानमन्त्री सिंह मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुने कर्णाली याक्समा अनुबन्ध मक्सूद नेपाल आईपुगे अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता मकवानपुरमा कुटपिटबाट एक जनाको मृत्यु प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिक प्रतिवेदन पेस ऐतिहासिक गाजाको दह: पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनले चुनावमा बुथ कब्जाको योजना बनाइरहेको ओलीको दाबी



file
अ+ अ-

पोखरा । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले आउँदो चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको दाबी गरेका छन् ।

पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।

गठबन्धनले कुन–कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूलाई रहेको ओलीको भनाई छ ।

ओलीले भने, ‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दछु ।’

यस्तै, ओलीले धाँधली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने गरेको आरोप समेत लगाए ।