५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुन विपरितका गतिविधिहरु हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताउनु भएको हो । सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो निर्वाचनमा उम्मेदवारहरुले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ता भित्र पुनरावलोकन गरि सार्वजनिक गर्ने जानकारी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचनमा दल र उम्मेदवारबाट हुन सक्ने अपारदर्शी, आचारसंहिता र कानुन विपरितका खर्चहरु छन । त्यसको नियमन हाम्रो प्रक्रियाबाट गर्छौं त भनिहाले मैले । सुक्ष्म अनुगमन गर्छौं भनेको छौं । केही विवरणहरु हामीले लिएकै छौं । तैपनि दलहरु र उम्मेदवारहरुले नै स्पष्ट भईदिए हामीलाई अनुमगन गर्ने झन्झटनै हुँदैन थियो ।’

आयोगले यही भदौं ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताउनु भयो । उहाँले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसीर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताउनु भयो ।