२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुन विपरितका गतिविधिहरु हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको बताउनु भएको हो । सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो निर्वाचनमा उम्मेदवारहरुले गर्ने खर्चको सीमाबारे आयोगले एक हप्ता भित्र पुनरावलोकन गरि सार्वजनिक गर्ने जानकारी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचनमा दल र उम्मेदवारबाट हुन सक्ने अपारदर्शी, आचारसंहिता र कानुन विपरितका खर्चहरु छन । त्यसको नियमन हाम्रो प्रक्रियाबाट गर्छौं त भनिहाले मैले । सुक्ष्म अनुगमन गर्छौं भनेको छौं । केही विवरणहरु हामीले लिएकै छौं । तैपनि दलहरु र उम्मेदवारहरुले नै स्पष्ट भईदिए हामीलाई अनुमगन गर्ने झन्झटनै हुँदैन थियो ।’

आयोगले यही भदौं ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पनि जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको पनि बताउनु भयो । उहाँले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसीर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताउनु भयो ।