९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

सेना ,प्रहरी मुख्यालयसंग कर असुली गर्न महानगरको ताकेता

सेना ,प्रहरी मुख्यालयसंग कर असुली गर्न महानगरको  ताकेता
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि कर नबुझाएका नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय, समाज कल्याण परिषद् लैनचौरलगायत १० करदातालाई आगामी १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।

पत्रमार्फत पटक पटक आग्रह गर्दा पनि बहाल कर नतिरेपछि कामपा राजस्व विभागले आज फेरि १० दिनको मिति तोकेर उक्त समयभित्र सम्बन्धित वडा कार्यलयमा कर बुझाउन पत्र पठाएको हो ।

कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले तोकिएको समयसीमाभित्र पनि तोकिएको शीर्षकअनुसार कर असुलउपर नभए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह उपर गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

आज पत्राचार गरिएकामा शङ्करदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

कामपाले यही भदौ २१ गते पनि खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहीटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क, नेशनल ट्रेडिङ लिमिटेड सिंहदबार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल स्वयम्भू, आर बी कम्प्लेक्स न्युरोड, काठमाडौँ प्लाजा पुतली सडक, नेपाल सेयर मार्केट पुतली सडक, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज सामाखुसी काठमाडौँ गरी १७ करदातालाई पत्र पठाएको थियो ।