२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको २७३औँ एटिएम बुटवलको देवीनगरमा



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ ।

उक्त एटिएम सेवाको समुद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गर्नुभएको छ ।

एटिएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताउनुभएको थियो ।

कार्यक्रममा स्थानीय तथा बैंकका कर्मचारीहरुको ठूलो उपस्थिति रहेको थियो ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।