२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस



अ+ अ-

गलकोट । अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएकोे छ । क्षेत्र नम्बर १बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएकोे छ ।

यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएकोे छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको नाम सिफारिस नगरिएको पार्टीका जिल्लास्तरीय प्रचार विभाग प्रमुख शालिकराम शर्माले जानकारी दिनुभयो । यस्तै बागलुङक्षेत्र नम्बर २बाट प्रतिनिधिसभा सदस्यका कालगि पूर्वसंसद् तथा पार्टीका केन्द्रीय सदस्य शान्ति अधिकारीको नाम सर्वसम्मत सिफरिस गरिएको छ ।

क्षेत्र नम्बर २ कै प्रदेशसभा (क)बाट सदस्यका लागि पार्टी केन्द्रीय परिषद् सदस्य कमल घिमिरे र क्षेत्र नम्बर २ प्रदेशसभा सदस्यका लागि (ख) बाट जिल्ला सचिवालय सदस्य हरि घर्तीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख शर्माले बताउनुभयो । यस्तै क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य लिला शेरचन र पार्टी जिल्ला कमिटी उपाध्यक्ष केशर छन्त्याललाई सिफारिस गरिएको छ ।