१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेपी बगाले राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजका मनोनित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजक पदमा जेपी बगालेलाई मनोनयन गर्नुभएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिअनुसार राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम गोरखाका बगालेलाई राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा मनोनयन गर्नुभएको हो ।

बगालेको नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कार्यसमितिलाई महाधिवेशन गर्ने जिम्मेबारीसमेत दिइएको छ । नयाँ कार्यसमितिलाई आगामी असोज मसान्तसम्ममा संगठनको महाधिवेशन गर्ने जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।