६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेका सीईओ साउदले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । सर्वोत्तम सिमेन्टको शेयर प्रकरणको विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार पदबाट राजीनामा दिएका छन् । आज (मंगलबार) अर्थ मन्त्रालयमा उनले राजीनामा पत्र बुझाएका हुन् । पत्रकार सम्मेलनमार्फत आफ्नो राजीनामाबारे उनले जानकारी दिएका हुन् ।

उनलाई अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणबारे बारम्बार स्पष्टीकरण सोधेपछि पदबाट आज राजीनामा दिएका हुन् ।

साउँदले आफ्नो श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टले बुक बिल्डिंगमार्फत आईपीओ जारी गर्ने तयारी गरिरहेका बेला कम्पनीको शेयर किनेपछि उनले गोल्डेन शेयरका रुपमा सो शेयर पाएको आरोप लागेको हो ।