७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटका दुई नेता एमाले प्रवेश



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी–समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

उनीसँग नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा पनि एमालेमा प्रवेश गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिका–५ का स्थायी बासिन्दा दुबैजनालाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गरे ।

नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाहीले उनीहरूलाई पार्टी प्रवेशमा सहजीकरण गरेका थिए ।