९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज

पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा तीज बर्तालुको दर्शनमा सहज
अ अ+ अ-

काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूलढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ ।

पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूलढोका यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन खोलेको थियो । लामो समयपछि पूर्वी ढोका खोल्दा कोटेश्वर–तीनकुने क्षेत्रबाट सिनामङ्गल–त्रिभुवन अन्तर्राष्टिय विमानस्थल हुँदै जाने भक्तजनलाई सहज भएको हो । यसले गर्दा माथिल्लो मार्गबाट प्रवेश गर्ने भक्तजनको चापमा कमी आएको छ ।

पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने विसं २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । आक्कलझुक्कल यो ढोका खुल्ने गरे पनि भक्तजनकै लागि भने यसै वर्षमात्र खुला गरिएको हो । यो ढोका अब नियमितरूपमा खोल्ने तयारी पनि कोषले गरेको छ ।

यस वर्ष कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा बिहानैदेखि दर्शनार्थीलाई सहजरूपमा दर्शन गराउन सकिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।

तीजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने गरी व्यवस्था गरिएको छ ।

तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिएको छ । ठाउँ–ठाउँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल सम्बन्धित स्थानमै राख्ने व्यवस्था गर्दा पनि सहजरूपमा दर्शन गरेर फर्कन सकिएको भक्तपुरबाट दर्शनमा आउनुभएकी पार्वती राउतले बताउनुभयो ।

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गराइएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न लगाइएको छ । धेरै ठाउँबाट व्यवस्थितरूपमा दर्शनार्थी प्रवेश गराइएकाले चक्रपथको सवारी मध्याह्नसम्म बन्द गरिएको छैन ।

पशुपति क्षेत्रमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई संयुक्तरूपमा परिचालन गरिएको छ । बाहिरी भागमा पुरुष सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

मूल मन्दिरमा तस्वीर खिच्नेलाई रु दुई हजार एक सयसम्म जरिवाना

हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्वीर खिचेमा नगद जरिवाना सुरु गरिएकोे छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्वीर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्वीर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको कोषले जनाएको छ ।

सनातनदेखि तस्वीर खिच्न मनाही गरिएको स्थानको तस्वीर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो नियम लागू गरेको हो । गर्भगृहको तस्वीर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्वीर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्वीर खिचेमा रु पाँच सय जरिवाना गर्न थालिएको छ । पशुपपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्वीर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले बताउनुभयो । रासस