२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोटमा धानबालिमा देखिएको गवारो रोग नियन्त्रण गर्न प्राविधिक परिचालन



अ+ अ-

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरका विभिन्न स्थानका रोपोमा देखिएको गवारो किरा नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरेको छ ।

प्राविधिकको अध्ययनअनुसार गवारो किराले धानको गुवो खाएर हरियो रोपो पहेँलो हुन थालेसँगै विषादी प्रयोग गरेर नियन्त्रणमा लिन लागिएको कृषि शाखा प्रमुख दामोदार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार किरा फैलिएका क्षेत्रको पहिचान गरेर प्राकृतिक उपाय तथा जैविक विषादीमार्फत नियन्त्रणको प्रयास गर्ने र त्यो सम्भव नभएमा कमभन्दा कम विषादीको समेत प्रयोग गर्न प्राविधिक टोली खटाइएको हो ।

“गवारो किराको प्रकोप सबैभन्दा धेरै बेलकोटगढी नगरपालिका–२ र ३ स्थित कुमरीको हजाराँै रोपनी क्षेत्रफलमा लगाइको रोपोमा फैलिएको छ ।” कृषि शाखा प्रमुख दाहालले भन्नुभयो, “जनप्रतिनिधिको सहयोगमा प्राविधिक कर्मचारीले गवारो किरा फैलिएका क्षेत्रको पहिचान गर्दै प्राकृतिक तथा जैविक विषादीको प्रयोग गर्ने र त्यसो गर्दा नियन्त्रण सम्भव नभएमा सरकारी सिफारिस सूचीमा उल्लेख भएअनुसारको विषादी प्रयोग गर्न भनिएको छ ।”

बेलकोटगढीको वडा नं २ र ३ सहित आसपासका क्षेत्रमा रोपिएको धान पछिल्लो एक साता अवधिमा हरियोबाट पहेँलो हुन थालेसँगै गवारो किरा भएको पहिचान गरिएको हो । गवारो को समस्या बेलकोटगढी सहित अन्यत्रसमेत देखा पर्न थालेकाले समयमै सावधानी अपनाउन कृषि ज्ञान केन्द्रका प्रमुख केशव खनालले अनुरोध गर्नुभयो । उहाँका अनुसार पुतली वर्गअन्तर्गतको गवारो लार्भाले रोपोको गुवो खाने गर्दछ । यसको असरले धानमा बाला नलाग्नेदेखि समयमै नियन्त्रण गर्न नसकेमा रोपो (बिरुवा) नै नष्ट हुने गर्दछ ।