१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा टिकट बाँड्ने जिम्मा अध्यक्ष ओलीलाई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर ४ मा तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

शनिबार सम्पन्न सो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रत्यक्ष तथा सामानुपातिकतर्फको टिकट वितरण गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो ।

एमालेको निर्णयमा भनिएको छ, “प्रचलित निर्वाचन कानूनबमोजिम औपचारिक मनोनयनपत्र दिन र उम्मेदावरको बन्दसूची पेश गर्न दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका केन्द्रीय अध्यक्ष एवं दलका प्रमुख पदाधिकारी केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय गरियो। ”

यस्तै, उम्मेदवार चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ । उम्मेदवार छनोट सम्बन्धी निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई हुन्छ । एमाले केन्द्रीय कमिटीले आफ्नो अधिकार केन्द्रीय सचिवालयलाई दिएको हो ।