८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता

मेयरको निगरानी: राहदानी विभागको बेसमेण्टमा रहेको स्थल आईतबार देखी पार्किङका लागि खुल्ला -फोटो फिचर

मेयरको निगरानी: राहदानी विभागको बेसमेण्टमा रहेको स्थल आईतबार देखी पार्किङका लागि खुल्ला -फोटो फिचर
अ+ अ-

काठमाडौं । राहदानी विभागले आईतबार देखी बेसमेण्टमा सेवाग्राहीको लागि पार्किङ खुल्ला गर्ने भएको छ । बिभागले आज एक सूचना प्रकाशित गर्दे आईतबार देखी सेवाग्राहीका लागि पार्किङ स्थल खुल्ला हुने जनाएकाे हाे ।

यस अघि कामनपाले हटायो राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचना काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचनाहरु हटाएको थियो ।

शुक्रवार महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेण्टमा बनाइएका संरचनाहरु हटाएको हो । सेवा लिन जाने सवाग्राहीहरुले आफ्ना सवारीहरु विभाग बाहिर नै पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले सवारी आवतजावतमा समस्या आएको गुनासो गरेपछि महानगरपालिकाले अध्ययन गरेर बेसमेण्टमा रहेका संरचनाहरु हटाएको हो । अनुगमनका क्रममा विभागले सवारी पार्किङका लागि छुट्याउनुपर्ने बेसमेण्टमा प्रतिक्षालय बनाएको पाइएको थियो ।

महानगरपालिकाले बेसमेण्टमा रहेका संरचनासहित बेञ्चहरु हटाएर पार्किङका लागि खालि गराएको छ । अवैध संरचना हटाइसकेपछि सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौं महानगरपलिकाका नगर प्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजु पाण्डेले काठमाडौं महानगरपालिका भित्र यसरी अवैध संरचना बनाएका ठाउँ ३ सय भन्दा बढी रहेको जानकारी आएको बताउनु भयो । उहाँले भवन निर्माण गर्दा के प्रयोजनका लागि नक्शा पास गरिएको हो भन्ने कुरा स्पष्ट खुलाइएकोले प्रयोजन अनुरुपको काम गर्नुपर्ने बताउनु भयो । उहाँले नागरिकहरुले पनि आफ्नो तहबाट जिम्मेवारी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘३०० भन्दा बढी छ भन्ने सुनिएको छ । कतै स्टोरको रुपमा र कतै बेसमेण्टको रुपमा नक्शा पास भएको छ । स्टोरको रुपमा नक्शा पास भएको छ भने स्टोर गर्नुपर्छ, पसल राख्नुभएन । पार्किङ प्रयोजन हो भने पार्किङ गर्नुपर्छ । नागरिकले पनि आफ्नो तहबाट जिम्मेवार भुमिका खेल्नुपर्छ ।’

काठमाडौं महानगर क्षेत्रका व्यावसायिक प्रतिष्ठानका भवन र सार्वजनिक भवनमा सवारी पार्किङका लागि भनेर बेसमेण्ट बनाउन ‘कर छुट’ को सुविधा लिइएपनि पार्किङको लागि नभइ अन्य प्रयोजनमा प्रयोग भएको पाइएपछि महानगरपालिकाले साउन महिनामा नै ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त सूचनाको पालना गरेको नपाइएपछि महानगरपालिकाले स्थलगत अनुगमन नै थालेर अवैध संरचनाहरु हटाउन शुरु गरेको थियो । संरचना हटाएपछि राहदानी विभागले भने भवनको नक्शाअनुसार बेसमेण्टमा पार्किङ राख्ने पहल गर्ने जनाएको छ ।