• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग ★   भीमबहादुरले पारालिम्पक छनोट खेल्ने ★   जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन ★   कार्यव्यवस्था बैठक बस्न सकेन, प्रतिनिधिसभा बैठक प्रभावित ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन: नेता सिटौला ★   काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन ★   नेपालमा कुस्ती: चुनौतीबीच संस्कृतिको संरक्षण ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने ★   भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु ★   चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ

भरतपुर महानगरद्वारा दुई सय ७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति



चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् ।

महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्न छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । “जहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले भन्नुभयो । एकतीस संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ ।

छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ६३ र अन्य एक सय ११ जना छन् । महानगरले बनाएको छात्रवृत्ति वितरण कार्यविधिअनुसार विद्यार्थी छनोट गरिएको हो । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ एक सय १५, गरिब तथा विपन्नतर्फ ९९, आदिवासी जनजातितर्फ २७, दलिततर्फ १७, अपाङ्गता भएका सात, जनआन्दोलनका घाइतेका सन्ततितर्फ पाँच तथा सहिदका सन्ततितर्फ तीन जना छन् ।