२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ



अ+ अ-

अछाम । अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन ।

सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान गर्न न्यौपानेका दुई बुहारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिनुभयो ।

सार्वजनिक भएको भिडियोमा उनीहरुले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयवासीका अनुसार मानसिक सन्तुलन गुमाएकी न्यौपाने बोल्न सक्नुहुन्न । उहाँका श्रीमान्समेत शारिरिक अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ ।