३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जापान पठाउने भन्दै सरकारी कागजात बनाई अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ

जापान पठाउने भन्दै सरकारी कागजात बनाई अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ
अ+ अ-

झापा । अनलाइनमार्फत जुवा खेलाउने र कन्सल्टेन्सीमार्फत सरकारी कागजात तथा दस्तखतको कीर्ते गरी दुरुपयोग गर्नेलाई प्रहरीले दमकबाट पक्राउ गरेको छ ।

ल्यापटप तथा मोबाइलको प्रयोग गरी इन्टरनेटमार्फत जुवा खेलाउने र जापान पठाउने, अङ्ग्रेजी भाषाका कक्षा चलाउने बहानामा सरकारी कागजात र दस्तखत दुरुपयोग गर्नेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकका अनुसार पक्राउ पर्नेमा दमक–८ स्थित पदमा कन्सल्टेन्सीका सञ्चालकद्वय सतप्रकाश साह र राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की र ब्रिटिस आर्मी तालिम केन्द्रका सञ्चालक राजु लिम्बू रहेका छन् ।

पक्राउ परेकाका साथबाट प्रहरीले मोबाइल, सिम, ल्यापटप, स्ट्याम्प लगायतका सामग्री बरामद गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरी नेतृत्वको टोलीले अनुसन्धानपछि सो समूहलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।