३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकाले मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्छ: गृहमन्त्री खाँड

सरकाले मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्छ:  गृहमन्त्री खाँड
file
अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँणले यस्तो बताउनुभएको हो ।

उहाँले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनु भयो । मन्त्री खाँणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गर्नुभयो ।

उहाँले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताउनु भयो । मन्त्री खाँणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताउनु भयो । उहाँले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमन गरे भन्दा धेरै रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगिका उजुरी परेको बताउनु भयो । मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मधेस प्रदेशमा १,३३०, वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बीनीमा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको छ । पछिल्लो पटक गृह मन्त्रालयले कार्यदल बनाएको छ । कार्यदलले मिटर ब्याजीबाट आम जनताले भोग्नुपरेको समस्या छ त्यो जानकारी र उजुरी दिन समय तोकेका थियौं । मिटर ब्याजीले जनतालाई ठगि गर्ने,उत्पीडन र शोषण म्याद चाहिँदैन हामीले कार्यदलको समय थप गर्न सकिन्छ । कतिपय जिल्लामा मिटर ब्याजीहरु भेटिए तर कतिपय ठाउँमा उजुरी समेत परेनन् । मिटर ब्याजीहरुले जनतालाई ठगि गरहेको छ ।

अहिलेसम्म १९ सय ३७ वटा उजुरी परेका छन् । त्यो विभिन्न प्रदेश र जिल्लाबाट रहेको छ । प्रदेश १ मा ९२ वटा,मदेश प्रदेशमा १३३०,वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बीनीमा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ । उजुरी उपर सरकारले छानबिन र कारबाही गर्छौं । अब आउने उजुरीमा पनि छानबिन गर्छौं । बाहिर जति चर्चा चल्छ मिटर ब्याजीको भदौ ५ गतेसम्म सोचेको भन्दा बढी उजुरी आएको छ । सरकारको स्थानीय अनुसन्धान नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ । त्यो सरकारले गर्छौं ।’

गृहमन्त्री खाँणले अहिलेसम्म परका तथा अब पर्ने उजुरी उपर मन्त्रालय तत्काल छानबिन र अनुसन्धान गरेर कानूनी कारबाही अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।