२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकाले मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्छ: गृहमन्त्री खाँड



file
अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताउनुभएको छ ।
सोमवार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाँणले यस्तो बताउनुभएको हो ।

उहाँले मिटरब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई स्थानीय अनुसन्धान नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनु भयो । मन्त्री खाँणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गर्नुभयो ।

उहाँले मिटर ब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताउनु भयो । मन्त्री खाँणले मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताउनु भयो । उहाँले मिटर ब्याजबाट ठगिएको उजुरी भदौ ४ गते भन्दा पछाडि अनुमन गरे भन्दा धेरै रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगिका उजुरी परेको बताउनु भयो । मन्त्री खाँणले प्रदेश १ मा ९२ वटा, मधेस प्रदेशमा १,३३०, वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बीनीमा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा मिटर ब्याजीलाई कानूनी कारबाहीको दायरा भित्र ल्याउने र मिटर ब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति र कार्यक्रममा नै आएको छ । पछिल्लो पटक गृह मन्त्रालयले कार्यदल बनाएको छ । कार्यदलले मिटर ब्याजीबाट आम जनताले भोग्नुपरेको समस्या छ त्यो जानकारी र उजुरी दिन समय तोकेका थियौं । मिटर ब्याजीले जनतालाई ठगि गर्ने,उत्पीडन र शोषण म्याद चाहिँदैन हामीले कार्यदलको समय थप गर्न सकिन्छ । कतिपय जिल्लामा मिटर ब्याजीहरु भेटिए तर कतिपय ठाउँमा उजुरी समेत परेनन् । मिटर ब्याजीहरुले जनतालाई ठगि गरहेको छ ।

अहिलेसम्म १९ सय ३७ वटा उजुरी परेका छन् । त्यो विभिन्न प्रदेश र जिल्लाबाट रहेको छ । प्रदेश १ मा ९२ वटा,मदेश प्रदेशमा १३३०,वागमतीमा २०२,गण्डकीमा ३५,लुम्बीनीमा २११,कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेको छ । उजुरी उपर सरकारले छानबिन र कारबाही गर्छौं । अब आउने उजुरीमा पनि छानबिन गर्छौं । बाहिर जति चर्चा चल्छ मिटर ब्याजीको भदौ ५ गतेसम्म सोचेको भन्दा बढी उजुरी आएको छ । सरकारको स्थानीय अनुसन्धान नेपाल प्रहरी,जिल्ला प्रशासन कार्यालयले प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ । त्यो सरकारले गर्छौं ।’

गृहमन्त्री खाँणले अहिलेसम्म परका तथा अब पर्ने उजुरी उपर मन्त्रालय तत्काल छानबिन र अनुसन्धान गरेर कानूनी कारबाही अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।