५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

राजनीतिसँगै माछापालन व्यवसाय

राजनीतिसँगै माछापालन व्यवसाय
अ+ अ-

काठमाडौं । राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेसालाई पनि आगाडि बढाउनुभएको छ । विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिसँगै कृषि पेसालाई अगाल्नुको कारण राजनीतिक क्षेत्रलाई अझ बलियो बनाउने उहाँको धारणा छ ।

इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेसा अपनाएको र यसैका माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताको सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उहाँले स्पष्ट पार्नुभयो । उहाँ मोरङ निर्वाचन क्षेत्र नं ६ ९क० का प्रदेश सभाका निर्वाचित सदस्य हुनुहुन्छ ।

राजनीतिक पृष्ठभूमि बोकेका प्रदेशसभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहनुभएको छ । पछिल्लो समयमा विराटनगर महानगरपालिकादेखि १८ किमी उत्तर बूढीगङ्गा गाउँपालिका–६ कोइलपुरमा उहाँले विराट कर्मसियल एग्रिकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाका भुरा उत्पादन कार्य सुरु गर्नुभएको छ ।

व्यावसायिक रुपमा माछाका भुरा उत्पादन गर्न थालेपछि उहाँले पहिलो पटक रु पाँच लाखका र दोस्रो पटक रु २५ लाखका माछाका भुरा बिक्री गर्न सफल हुनुभएको छ । अहिले माछाका भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ । ठूलो मात्रामा भुरा उत्पादन गर्न उहाँले १० बिघा १० कठ्ठा जग्गामा २३ वटा पोखरी खन्नुभएको छ । उहाँले यो व्यवसाय अङगालेको आठ वर्ष भयो ।

एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गर्नुभएका तवदारले प्रत्येक भुरा रु दुईका दरले बिक्री गर्नुभएको छ । सोह्र घण्टादेखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिनपछि बिक्री योग्य बन्ने रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जातका माछा उत्पादन हुने गरेको छ ।
तवदारले माछाका भुरा उत्पादन गर्न विशेषज्ञका रुपमा नेपाल सरकारका पूर्व मत्स्य विकास अधिकृत कर्मचारी हुकुमलाल सिंहलाई कर्मचारीका रुपमा राख्नुभएको छ । उहाँको मेहनत र लगनशीलता देखेर प्रदेश सरकारले हायरिङ मत्स्य प्रजनन कार्यमा सहयोग पु¥याउने उद्देश्यले रु १५ लाख अनुदान पनि सहयोग गरेको छ ।

माछा पोखरीको क्षेत्र बढाउन पोखरीसँगै जोडिएको दक्षिणतर्फको खाली जग्गा खरिद गर्ने योजना बनाउनुभएका तवदारले जनतालाई आवतजावत गर्न सुविधा दिने हिसाबले पोखरी क्षेत्रको बीचबाट एउटा सार्वजनिक बाटो पनि निर्माण गर्नुभएको छ । चारैतिर घेरबार भए पनि बीचमा बाटो भएका कारणले जनतालाई एक गाउँबाट अर्को गाउँ जान निकै सुविधा भएको स्थानीयवासी सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

तवदारले माछाका भुरासँगै बाख्रा, हाँस, स्थानीय जातका कुखुरा र लोप हुन लागेको हराजाताको बङ्गुुर पालन पनि सुरु गर्नुभएको छ । पैतालीस थान बाख्रा र २० बङ्गुरसहित हजारौँको सङ्ख्यमा हाँस पोखरीमा चरण गरेको दृष्य देखेर जोकोहीको पनि मन लोभिन सक्छ । जमुनापारी र बयर बोकासँग क्रस गराउने र नश्ल सुधार भएमा यो कार्यलाई निरन्तरता दिने योजना बनाएका सदस्य तवदारको फर्ममा आठ जनाले नियमति रोजगार पाएका छन् ।

पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले निजी क्षेत्रबाट गरेको यस किसिमको प्रयासलाई राज्यका तर्फबाट पनि बढावा दिनुपर्ने धारणा राख्दै माछामा मात्र होइन माछाका भुरामा पनि आत्मनिर्भर बन्नुुपर्ने बताउनुभयो । रासस