७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्तालाई माधव नेपालको निर्देशनः केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्नु



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष युवा जिल्ला भेलामा बोल्दै अध्यक्ष नेपालले ओलीबारे सकारात्मक हुने खालको कुनै पनि प्रचार नगर्न पार्टी पंक्तिलाई सचेत गराउनु भएको हो । ओलीबारे पोजिटिभ हुने गरी प्रचार गरिए सैह्य नहुने उहाँको चेतावनी थियो ।

अध्यक्ष नेपालले हामीलाई अपराधि घोषणा गर्ने, देशद्रोही भन्ने, अस्तित्वलाई समेत स्विकार नगर्ने ओलीलाई मुखभरीको जवाफ दिन पार्टीका नेता, कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह समेत गर्नु भयो । उहाँले एमालेसँग जाने कल्पना समेत गर्न नसकिने पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष नेपालले विचार मिल्ने, कुरा मिल्ने बामपन्थी दलहरुसँग एकतावद्ध भएर जाने प्रस्ताव आफ्नो पार्टीले अगाडि बढाईरहेको तर एमालेसँग भने मिल्ने कुनै सम्भावना नभएको बताउनु भयो ।

उहाँले स्थानीय तहको चुनावमा भन्दा पनि थप सफलता हासिल गर्नका लागि आफ्नो पार्टीले आगामी चुनावमा पनि सत्तारुढ गठबन्धन कायमै राखेर अघि बढने निर्णय लिएको उल्लेख गर्नु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘हामी गठबन्धन दलहरुसँग अहिले पनि हातेमालो गर्दै अघि बढने पक्षमा रहेका छौं । हाम्रो पार्टीले बामपन्थी दलहरुलाई एकतावद्ध बनाउनका लागि हामीसँग कुरा मिल्ने, विचार मिल्नेहरुसँग एकतावद्ध हुनका लागि हामीले हात अगाडि बढाएका छौं । हामी अरुसँग विलिन हुने होइन । हाम्रो विरोधीहरुले कुप्रचार गरिरहेका छन एमालेमा विलिन हुने भनेर । त्यसमा कुनै सत्यता छैन । हाम्रो पार्टी विचारको आधारमा उभिएको छ ।

हाम्रो पार्टी आर्दशको आधारमा उभिएको छ । त्यसो हुनाले एमालेले जेसुकै बोलोस् । त्यसका नेताहरुले हामीलाई जथाभावी आरोप लगाउन । त्यसको हामीले जवाफ दिन सक्नु पर्दछ । झुटको पुलिन्दा बाँडिरहेका छन । जनतामा भ्रम फैल्याउने कोसिस गरिरहेका छन । त्यो भ्रमलाई चिर्नुपर्छ हामीले । उनीहरुले लेख्छन भने पनि काउन्टर जवाफ दिनुपर्छ हामीले । उनीहरुको महिमा गर्ने होइन । केपी ओलीका खुट्टा टाँसीटाँसी हिँडने पनि होइन । हामीलाई समाप्त पार्ने कोसिस गरेसम्म हामीले पनि उनीहरुप्रति माया, दया गरेर बस्ने पनि होइन ।

अहिले पनि मसँग खवर आइरहेका छन–केपी ओलीसँग बस्न सकिदैन भन्दै कतिपय मानिसहरुले सम्पर्क गरिरहेका छन । यही चुनावमा पनि हामी एकीकृत समाजवादीमा आएर चुनाव लडन चाहन्छौं भनिरहेका छन । त्यसो हुनाले एमालेसँग जाने कल्पनानै गर्न सकिदैन । जुन पार्टीले हाम्रो अस्तित्व स्विकार गर्दैन ।

जसले हामीलाई अपराधि घोषणा गरेको छ । जसले हामीले देशद्रोही भनेको छ । त्यस्ता नेताप्रति कुनै किसिमले पोजेटिभ कुराको प्रचारप्रसार कसैले पनि नगर्नू होला । गर्नु हुन्छ भने कुरा विग्रन्छ म क्लियर गर्न चाहन्छु । त्यस्ता कुराहरुमा लाग्न जरुरी पनि छैन । बरु खण्डन गर्ने, सिधै मुखभरीको जवाफ दिने । मुखभरीको जवाफ दिनु भएनभने रक्षात्मक भईन्छ । त्यस्ता मान्छेले केही पनि गर्न सक्दैन ।’

अध्यक्ष नेपालले पार्टी विभाजन भएको बेला गएका १० भाईहरुको एमालेमा बिजोग भईरहेको टिप्पणी पनि गर्नु भयो । एमालेमा बिजोग हुने अवस्था आउने देखेरै आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गर्नु परेको उहाँको भनाई थियो ।