४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

के तपाई अनलाइन सपिङ गर्नुहुन्छ ? यी हुन् १० शीर्ष ई–कमर्स साइटहरु

के तपाई अनलाइन सपिङ गर्नुहुन्छ ? यी हुन् १० शीर्ष ई–कमर्स साइटहरु
अ+ अ-

विश्वभर आजभोलि इन्टरनेटमा आधारित अनलाइन व्यवसाय निकै फस्टाएको छ । खानेकुरा, सानातिना सामानदेखि ठुल्ठूला सामान खोज्न, मूल्य थाहा पाउन र अर्डर दिएर घरमै ल्याइदिने व्यवस्था यिनीहरुका विशेषता नै हुन् । शहरीया जीवनशैलीको रुप नै फेरिदिएका यस्ता अनलाइन इ कमर्श साइटहरुले । अहिले निकै लोकप्रिय मात्र होइन, सेवाको गुणस्तरका कारण निकै विश्वसनीय पनि भएका छन् । हजारौं किसिमका साइटहरुको भिडमा कुन साइट राम्रो, कुन नराम्रो भन्ने मापन गर्न कठिन छ, तैपनि कतिपय संस्थाले त्यस्ता साइटको खोजखबर गरिरहेका हुन्छन् ।

नेपालमा पनि इ कमर्श प्लेटफर्महरु निकै फस्टाएका छन् । कोभिडको लकडाउन भएसँगै यस्ता साइटले राम्रै बजार हिस्सा ओगटिरहेका छन् । एक विवरण अनुसार, गत वर्षसम्म नेपालमा ४० हजारभन्दा बढी अनलाइन कमर्स साइट दर्ता भएको पाइएको छ, र त्यो संख्या द्रुत गतिमा बढ्दै गएको छ। यो अत्यधिक प्रतिस्पर्धी अनलाइन–आधारित बजारमा तपाईं सोचिरहनुभएको हुन सक्छ कि यो सूचीको शीर्षमा को खडा छ ? विगतमा कुन श्रेणीमा कुन अनलाइन छ भनेर हेर्न Alexa माथि भर पर्ने गरिन्थ्यो । तर अहिले अलेक्सा बन्द भएको छ, र मानिसहरुले सिमिलरवेब डटकम (www.similarweb.com) को सहारा लिन थालेका छन् ।

सिमिलर वेब मार्फत हामीले वेबसाइटको Global Ranking, Country Ranking, Traffic, Bounce Rate र वेब साइटका बारेमा प्रामाणिक डाटा प्राप्त गर्न सक्छौँ । यहाँ हामीले सन् २०२२ को मध्यसम्ममा साइटमा भ्रमण गर्नेहरुको कुल संख्याका आधारमा नेपालमा शीर्ष दस मल्टी–भेन्डर ई–कमर्स वेबसाइटहरू प्रस्तुत गरेका छौँ ।

१. दराज डटकम : सन् २०१२ मा स्थापित यो एक अनलाइन किनमेल बजार हो। दराज एक मल्टिभेन्डर ई–कमर्स प्लेटफर्म हो जसले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका सामानको खोजी गर्न, खरिद गर्न र घरसम्मै सामान पुर्याउन मद्दत गर्दछ । जुलाई २०२२ मा २३ लाख व्यक्तिले यसको वेबसाइट भ्रमण गरेका थिए र यो पहिलो श्रेणीमा रहन सफल भएको थियो ।

वेबसाइट भ्रमण गर्नेहरु : २३ लाख
देश श्रेणी : ११

२. बिजबजार डटकम : हाम्रो सूचीमा दोस्रो नम्बरमा बिजबजार छ। यो सेप्टेम्बर २०२१ मा स्थापना भएको थियो । यो ग्राहकहरु माझ धेरै लोकप्रिय भएको छ। आरकेडी समूहद्वारा स्थापित बिजबजार डटकमले बीटुबी र बीटुसी दुवै उपभोक्ताहरूका लागि प्लेटफर्मको रूपमा काम गर्दछ। यो कम्पनीले आगामी २ वर्षमा आईपीओ निकाल्ने योजना पनि बनाएको छ ।

पृष्ठ आगन्तुकहरू : एक लाख २० हजार ३००
देश श्रेणी : ३०१

३. ओकेदाम डटकम : नोभेम्बर ७, २०१७ मा स्थापित ओकेदाम नेपालको सबैभन्दा लोकप्रिय साइटहरू मध्ये एक हो। यसैले यसले हाम्रो शीर्ष सूचीमा आफ्नो बाटो बनाएको छ। इलेक्ट्रोनिक्स, घर र भान्छा उपकरणमा विशेषज्ञता हासिल गरेको ओकेदामका गत महिना लगभग एक लाख १७ हजार पृष्ठ आगन्तुक थिए।

पृष्ठ आगन्तुकहरू : एक लाख १६ हजार ७००
देश श्रेणी : १,६९८

४. सस्तोडिल डटकम : सस्तोडिल डटकम नेपालमा एक लोकप्रिय अनलाइन मल्टी–भेन्डर ई–कमर्स प्लेटफर्म हो। अमुन थापाले डिसेम्बर २०११ मा यो ई–कमर्स साइट स्थापना गरेका थिए। गत महिनाको मासिक आगन्तुकहरूलाई हेर्दा यो सूचीमा नम्बर ४ मा रहेको छ।

पृष्ठ आगन्तुकहरू : ८८ हजार ३००
देश श्रेणी : ८६५

५. ठूलो डटकम : ठूलो एक ई–कमर्स साइट हो जसले आफ्ना उपभोक्ताहरूलाई उत्पादनहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। यो सन् २००५ मा स्थापना भएको थियो । यसको स्थापनापछि यो नेपालमा सबैभन्दा लोकप्रिय मल्टीभेन्डर ई–वाणिज्य साइटहरू मध्ये एक हो।

पृष्ठ आगन्तुकहरू : ७५ हजार
देश श्रेणी : १,१५६

६. डिलआयो डटकम : आशित महतोले सन् २०१५ को अक्टोबरमा स्थापना गरेको डिलआयो डटकमले लाखौँ ग्राहकहरूलाई सेवा प्रदान गरेको छ। डिलआयो डटकमलाई इलेक्ट्रोनिक्स सामग्रीमा विशेष मानिन्छ।

पृष्ठ आगन्तुकहरू : ७० हजार ४००
देश श्रेणी : २,१६२

७. नियोस्टोर डटकम डट एनपी : नियोस्टोर मल्टी–ब्रान्ड बीटुसी ई–कमर्स प्लेटफर्म हो । यसले सूचना प्रविधि, सञ्चार र मनोरन्जनका क्षेत्रमा सेवा प्रदान गर्दछ । नियोटेरिक नेपाल प्रालिद्वारा सञ्चालित यसले डेल, लजिटेक, रापु र हायरलगायत ३० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डहरू बिक्री गर्छ। यो साइट जून २०२२ मा ३५ हजार अनलाइन आगन्तुकहरूले हेरेका थिए।

पृष्ठ आगन्तुकहरू : ३४ हजार ४००
देश श्रेणी : १,८७५

८. जिवी डटकम : जिवी डटकमले ग्राहकहरूलाई चिकित्सा सामग्रीहरु खरिद गर्न सहायता प्रदान गर्दछ। यो संस्था नोभेम्बर २०१९ मा स्थापना भएको थियो ।

पृष्ठ आगन्तुकहरूः २९ हजार ९००
देश श्रेणी : १,५१८

९. किन्नीहो डटकम : न्यू मुक्तिनाथ ट्रेड सप्लायर्सका संस्थापक चिरञ्जीवी शर्मा आचार्यले सन् २०२१ मा किन्नीहो डटकमको स्थापना गरेका थिए। किन्नीहो डटकम नेपालको नम्बर १ अनलाइन ई–कमर्स वेबसाइट बन्नका लागि द्रुत गतिमा अगाडि बढिरहेको छ। किन्नीहो डटकमले अनलाइन किनमेललाई सजिलो बनाउन विभिन्न आकर्षक अनलाइन उपकरणहरू एकीकृत गरेको छ। किन्नीहो इलेक्ट्रोनिक्सका सामग्री बिक्रीका लागि विशेष मानिन्छ । यसले घर र भान्छाका सामान पनि राखेको छ । क्रेडिट कार्ड हुनेहरूका लागि किस्ताबन्दीमा ईएमआई मार्फत इलेक्ट्रोनिक्स सामान खरिद गर्न सकिन्छ । किन्नीहो अब नेपालको पहिलो आईएसओ९००१–२०१५ प्रमाणित ई–कमर्स कम्पनी हो जसको नेतृत्व इन्जिनियरहरुद्वारा गरिएको छ। यसको प्रमुख कार्यकारी अधिकृत नरेश पोखरेल हुन् ।

पृष्ठ आगन्तुकहरू : २३ हजार ३००
देश श्रेणी : २,७२०

१०. ग्यापु डटकम : हाम्रो सूचीको अन्तिममा, हामीसँग ग्यापु डटकम छ। ग्यापुको अवधारणा र डिजाइन सन् २०१६ मा ज्ञानेन्द्र खड्काले गरेका थिए । स्थापना भएदेखि नै ग्यापुले आफ्नो प्लेटफर्ममार्फत ठूलो संख्यामा ग्राहकहरूलाई सेवा दिँदै आएको छ। सन् २०२२ को जुलाईमा मात्रै ग्यापु डटकम २२ हजार ७ सय दर्शकले भ्रमण गरेका थिए ।

पृष्ठ आगन्तुकहरू : २२ हजार ७००
देश श्रेणी : ४,२३१

 

स्रोतः सिमिलर वेब