२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई पक्राउ



अ+ अ-

गलकोट । बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए । स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए । प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताउनुभयो । बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताउनुभयो । उहाँले आफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताउनुभयो ।

प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयको ठूलो सङ्ख्या राति प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनीहरूले दुवै जनालाई कडा कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण हो या होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताउनुभयो ।