१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लट्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ– दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । केही दिनदेखि काठमाडौँ महानगरपालिकाका प्रमुख र धरान उपमहानगरपालिकाका प्रमुखबीचको ‘जुहारी’ ले निकै चर्चा पाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच सामाजिक सञ्जाल फेसबुकमा भनाभन भइरहेको छ ।

शुक्रबार मात्र धरानका प्रमुख साम्पाङले फेसबुकमा भिडियोमार्फत भनेका छन्, “विशेषगरी यो मेरो लाईभचाहीँ मेरो विरोधीहरुलाई है । तपाईहरुको विरोधले हुन त के ख्यास्छ र ख्यास्न त । केहीपनि ख्यास्दैन म त आफ्नो वेमा हिड्ने मान्छे हो । तर मेरो विरोधले चाहीँ तपाईहरुलाई निकै पोल्दोरछ । जुनदिनसम्म काठमाडौँको फोहोर सोहोरिँदैन, सफा हुँदैन तबसम्म धरानलेमात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ । काम न काजका हरु ”

त्यसो त गत स्थानीय तहको निर्वाचनमा आआफ्ना पालिकाबाट प्रमुख पदका लागि उम्मेदवारी दिँदा दुवैले निर्वाचन चिह्न ‘लौरो’ पाएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका दुवै जनाले प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई पराजित गरेका थिए ।

तर दुवै जनाबीच जुहारी नै चल्न थालेपछि कलाकार दीपकराज गिरीले टिप्पणी गर्दै आपसमा भनाभन नगर्न सुझाव दिएका छन् । उनले दुवै उम्मेदवारले पाएको निर्वाचन चिह्न लौरोलाई जुधाउँदा भाँचिने भन्दै लौरो टेक्न र आपत पर्दा बजाउन सल्लाह दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा गिरीले भनेका छन्, “लट्ठी टेक्ने हो !
आपत पर्दा बजाउने पनि हो !!
लट्ठी जुधाएरै भाँच्यौ भने
के टेक्छौ के बजाउछौ ?”