७ पुष २०८२, सोमबार
,
Latest
कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लट्ठी जुधाएर भाँच्यौ भने के टेक्छौ, के बजाउँछौ– दीपकराज गिरी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । केही दिनदेखि काठमाडौँ महानगरपालिकाका प्रमुख र धरान उपमहानगरपालिकाका प्रमुखबीचको ‘जुहारी’ ले निकै चर्चा पाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच सामाजिक सञ्जाल फेसबुकमा भनाभन भइरहेको छ ।

शुक्रबार मात्र धरानका प्रमुख साम्पाङले फेसबुकमा भिडियोमार्फत भनेका छन्, “विशेषगरी यो मेरो लाईभचाहीँ मेरो विरोधीहरुलाई है । तपाईहरुको विरोधले हुन त के ख्यास्छ र ख्यास्न त । केहीपनि ख्यास्दैन म त आफ्नो वेमा हिड्ने मान्छे हो । तर मेरो विरोधले चाहीँ तपाईहरुलाई निकै पोल्दोरछ । जुनदिनसम्म काठमाडौँको फोहोर सोहोरिँदैन, सफा हुँदैन तबसम्म धरानलेमात्र होइन चारैतिरबाट प्रहार गर्नुपर्छ । काम न काजका हरु ”

त्यसो त गत स्थानीय तहको निर्वाचनमा आआफ्ना पालिकाबाट प्रमुख पदका लागि उम्मेदवारी दिँदा दुवैले निर्वाचन चिह्न ‘लौरो’ पाएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका दुवै जनाले प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई पराजित गरेका थिए ।

तर दुवै जनाबीच जुहारी नै चल्न थालेपछि कलाकार दीपकराज गिरीले टिप्पणी गर्दै आपसमा भनाभन नगर्न सुझाव दिएका छन् । उनले दुवै उम्मेदवारले पाएको निर्वाचन चिह्न लौरोलाई जुधाउँदा भाँचिने भन्दै लौरो टेक्न र आपत पर्दा बजाउन सल्लाह दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा गिरीले भनेका छन्, “लट्ठी टेक्ने हो !
आपत पर्दा बजाउने पनि हो !!
लट्ठी जुधाएरै भाँच्यौ भने
के टेक्छौ के बजाउछौ ?”