१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश लाख बराबरको यार्सागुम्बा सशस्त्र प्रहरीद्वारा बरामद



अ+ अ-

बाँके । बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडि भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ ।