• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
Latest
★   हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान ★   लिभरपुललाई प्रिमियर लिग उपाधि होडमा फेरि धक्का, वेस्टहामसँग अंक बाँड्यो ★   बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान ★   दिल्लीले मुम्बईलाई २५८ रनको लक्ष्य दियो ★   इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो, ५७ प्रतिशत मत खस्यो ★   आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता ★   पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै काठमाडौंमा सरकारबिरुद्ध प्रदर्शन ★   घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध ★   संसद्लाई कमजोर नबनाउन कांग्रेसको आग्रह ★   लगानी सम्मेलन: एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

नेपाली चलचित्र ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



काठमाडौं । नेपाली चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा अभिनेता धिरज मगर, अदिती बुढाथोकी, धिरज नदकार, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोईराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दिलिप गुरुङ, दिचेन्ला वाङ्बोको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै अभिनेता मगरले नेपाली सिने क्षेत्रमा स्टारडम बनाउन र अरुको ठाउँ ओगट्न आफू नआएको बताउनु भयो । उहाँले आफ्नो कलालाई सकेसम्म राम्रो गर्ने उद्देश्यका साथ कलाकारितामा लागेको र अग्रजहरुका अभिनयलाई हेरेर सिक्दै अघि बढ्ने बताउनु भयो । त्यस्तै अभिनेत्री बुढाथोकीले काम गर्दा कुनै कठिनाइ नभएको बताउनु भयो । उहाँले फिल्ममा धेरै मिहेनत गरेर बनाएकोले हेर्नयोग्य चलचित्र रहेको बताउनु भयो ।

चलचित्र बाबरी आगामी असोज १४ गते देशभर प्रदर्शन हुनेछ । चलचित्र निर्माणको काम नसकिएकोले १४ दिन पछाडि सारिएको हो । फिल्म अभिनेत्री बुढातोकीका मातापिता गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् । फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, सुजन चापागाईं र अनमोल गुरुङको छ । फिल्म निर्देशन र सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।